बुधबार
२५ मङ्सिर
२०७६

ज्ञानेन्द्र शाही बोकेर आए भारत विरुद्द सिमानाको प्रमाण, अब छोड्दिन भन्दै गर्जिए एयरपोर्टबाटै (भिडियो)

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौ । नेपालका नेपाली अभियानबाट भ्रष्टाचार विरुद्द बोल्दै आएका ज्ञानेन्द्र शाही आज दार्चुलाबाट काठमाडौ फर्केका छन् । काठमाडौ आएका शाहीले सरकारलाई सिमाना विवाद सुल्झाउन मद्दत गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

ज्ञानेन्द्र शाहीका अनुसार आफुले दार्चुला पुगेर केही प्रमाणहरु बोकेर आएको र त्यो प्रमाणले गर्दा सरकारले भारतसंग छलफल गरेर सिमाना विवाद सुल्झाउन सक्ने कुरा उल्लेख गरेका छन् । सरकारले अब भारत संग बोल्न र आफ्नो भू-भाग माग्न दरिलो प्रमाण मैले बोकेर आएको छु जुन म चाडै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्नेछु भन्दै शाहीले भने: "मैले ल्याएको प्रमाणको आधारमा सरकारलाई भारतसंग कुरा गर्न सहज हुनेछ ।"