बुधबार
२५ मङ्सिर
२०७६

'पर्खि बसे फर्की आउछु' मा प्रेम परियार र समिक्षा बस्नेत

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

चलचित्र 'पर्खि बसे फर्की आउछु' मा प्रेम परियार र समिक्षा बस्नेतको जोडी बाधिएको छ। दाङ्ग जिल्लाको तुलसीपुरमा चलचित्रको शुभमुहर्त गरिएको छ। राजबहादुर सानेको निर्देशनमा तयार हुने चलचित्रको छायाकन आजबाट नै सुरु भएको छ। पूर्व उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि दिपक गिरीलाई प्रमुख अतिथि बनाएर चलचित्रको मुहर्ट सम्पन्न भएको हो। चलचित्रमा प्रेम र समिक्षाको साथमा देव सागर मुख्य भूमिकामा रहेका छन्। यी तीन कलाकारले मुहर्तसट दिएका थिए। कान्त भण्डारी निर्माता, एकराज थाप सह-निर्माता, खेमराज विक कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन कुमार थापा प्रस्तुतकर्ताको रुपमा रहेका छन्।  चलचित्रमा पदम तामाङ्ग, शुशिल गौतम, दिपक थापा, हेमराज बिसी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। एक शारीरिक अशक्तता भोगिरहेकी केटीको किशोरअवस्था हुने रहर जीवन संघर्षको कथा चलचित्रले बोल्नेछ।  कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको चलचित्रमा कोरियोग्राफी रहनेछ।