बुधबार
२५ मङ्सिर
२०७६

अस्पतालको बेडबाट प्रधानमन्त्री ओलीको यस्तो भिडियो सन्देश

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सुधार भइरहेको जानकारी दिएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि एक सातादेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरको आईसीयूमा भर्ना भएर स्वास्थ्य उपचार गराइरहेका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भिडियो सन्देश जारी गरेका प्रधानमन्त्री ओलीले आफू बोल्न, हिँड्न सक्ने भएको बताएका छन् । 

एपेन्डिसाइटिस अचानक आइलाग्ने रोग भएको र आफूलाई पनि अप्रत्यासित नै लागेको भन्दै उनले एपेन्डिसाइटमा मात्रै नभएर बाहिर पनि इन्फेक्सन भएको जानकारी दिए । बाहिर फैलिएको इन्फेक्सनका कारण अस्पताल भर्ना भएर बस्नु परेको भन्दै उनले अहिले बोल्नेदेखि समाचार हेर्न सक्ने अवस्थासम्ममा पुगेको बताए । 

आइतबार उद्घाटन भएको १३औं सागको प्रत्यक्ष प्रशारण हेरेको प्रधानमन्त्री ओलीले बताए ।