• Sep 21 2020 | २०७७, आश्विन ५गते

२०७७, आश्विन ५गते

पेट्रोल र डिजेलमा मूल्य वृद्धि

मंसिर १६ २०७६
  • 1.9K
    SHARES
  • पेट्रोल र डिजेलमा मूल्य वृद्धि

    काठमाडौ । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । 

    अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारीदिएका छन् । उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने जनाएका छन् । 

    हाल पेट्रोलका प्रतिलिटर रु १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।
     


    मंसिर १६, २०७६ सोमवार १५:५६:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    दशैंको अवसरमा डिशहोमले ल्यायो डबल धमाका अफर, एक-एक लाख जित्ने मौका

    दशैंको अवसरमा डिशहोमले ल्यायो डबल धमाका अफर, एक-एक लाख जित्ने मौका

    काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा र सुविधाहरु दिदै आइरहेको छ । यस्तै हालै डिशहोमले नयाँ अफर ल्याएको छ ।

    आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै 'डिशहोममा डिलर दाईको डिस्काउन्ट' नामक नयाँ अफर सञ्चालन थरेको छ । यो डबल धमाका अफर डिशहोमले दशैंको अवसरमा ल्याएको हो । यस अफरमा २४ महिना रिचार्जमा डबल धमाका अफर रहेको छ ।

    यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेमा लक्की ड्रमा भाग लिन पाइन्छ । त्यस्तै ३ बर्षको रिचार्ज गरेमा सातामा डबल मौका पाउन सकिन्छ । सातामा २ जना भाग्यशाली ग्राहकहरुले एक / एक लाख नगद उपहार प्राप्त गर्न सक्नेछन् ।

    डिशहोमको अफरको विजेता डिशहोम सेट-टप बक्सको क्यास आईडीको अधारमा गरिनेछ । यस अफरको जानकारी हरेक शुक्रबार बेलुका ५ बजे डिशहोमको च्यानल नम्बर १०० र रमाईलो टिभीमा आउनेछ ।

    च्यानलमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुने गर्छ । यस अफरमा ५ हजार भन्दा बढी अनलाइनबाट रिचार्ज गर्ने ग्राहकहरुलाई पनि सहभागी गराइनेछ । 

    थप जानकारीको लागि डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ । 
     
     


    आश्विन ५, २०७७ सोमवार ११:५५:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डिशहोम

  • क्यानाडानेपाल डेस्क

    बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ? 

    बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ? 

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको हो । 

    आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज  बढेर तोलाको ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाले बढेर प्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


     


    आश्विन ५, २०७७ सोमवार ११:३७:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्सेमा झिनो सुधार

    धितोपत्र बजार : नेप्सेमा झिनो सुधार

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई एक हजार  ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ ले वृद्धि भई ३१३.६२ मा पुगेको छ । 

    कूल १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १९.४१, विकास बैंक २५.८८ र वित्त २८.६६ बिन्दुले बढेको छ । यस्तै होटल ९६.६५, जलविद्युत् ५२.३७, निर्जीवन बीमा ७०.११, उत्पादन २.१७, अन्य १०.३६, लघुवित्त १३.८१, जीवन बीमा ५६.२६ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ ।

    कारोबारका आधारमा आज रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४७ लाख ६४ हजार ५१६ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १६ करोड २९ लाख ४० हजार १९७, नेपाल बैंक लिमिटेड रु १४ करोड २० लाख ६५ हजार ९२५, सिभिल बैंक लिमिटेड रु सात करोड ५० लाख ५० हजार ३३४, अरुण काबेली पावर रु सात करोड ३६ लाख ५० हजार ५९९, नबिल बैंक रु छ करोड ४१ लाख आठ जार ४६ र कुमारी बैंक लिमिटेड रु छ करोड १६ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

    कारोबारका आधारमा आज खानी खोला हाइड्रोपावर १०, रिलायन्स फाइनान्स ९.६६, सप्तकोशी डेभलपमेन्ट बैंक ९.६३, घलेम्दी हाइड्रो ९.३८, सेन्ट्रल फाइनान्स ९.३५ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । 

    त्यस्तै, आजदेखि कारोबार शुरु भएको लिवर्टी इनर्जी र हिमला दोलखा हाइड्रो पावरका लगानीकर्ताले समान १० प्रतिशतले गुमाउँदा हिमालयन ऊर्जा ९.९३, पाँचथर पावर कम्पनी ९.८२, जोशी हाइड्रोपावर ९.७३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.५७ प्रतिशतले गुमाएका छन् । उता नेपाल स्टक एक्सचेञ्जले शेयर बजारमा प्रभाव पार्ने सूचना प्रवाह गरेको भन्दै सोमबार बिहानसम्म स्पष्टिकरण पेश गर्न सिभिल बैंक लिमिटेडलाई पत्र काटेको छ । रासस


    आश्विन ४, २०७७ आइतवार २१:०१:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    सुर्खेतको बिरेन्द्रनगरमा आजबाट राष्ट्रिय वाणिज्य बैङ्कको दोस्रो शाखा सञ्चालन 

    सुर्खेतको बिरेन्द्रनगरमा आजबाट राष्ट्रिय वाणिज्य बैङ्कको दोस्रो शाखा सञ्चालन 

    काठमाडौं - राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले सुर्खेतको बिरेन्द्रनगरमा थप एक शाखा सञ्चालनमा ल्याएको हो । 

    आजबाट ग्राहकलाई सजिलो र सहज बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्वताका साथ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो । अब बैंकको यो शाखा आजदेखी २४१ औं शाखाको रूपमा सञ्चालन भएको छ । 

    नयाँ शाखा सञ्चालन गरेको बारे बैंकले जानकारी गराउदै ग्राहकहरूलाई सरल र सहज रूपमा स्तरीय बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्वता व्यक्त गरेको छ । 
     


    आश्विन ४, २०७७ आइतवार १८:२४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय वाणिज्य बैङ्क

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

    हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा चार सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो । 

    शुक्रबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    आश्विन ४, २०७७ आइतवार ११:२२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

    काठमाडौं - आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८२ पैसा तोकिएको छ । 

    त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ५४ पैसा तोकिएको छ । 

    एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ९९ पैसा तोकिएको छ।  

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

    m.jpg


    आश्विन ४, २०७७ आइतवार ११:००:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क