बुधबार
२५ मङ्सिर
२०७६

प्रचण्डको चीन भ्रमण प्रधानमन्त्रीका कारण रद्द

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण स्थगित गरिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई नियाल्दै प्रचण्डले चीनको भ्रमण केही समयलाई स्थगित गरेको प्रचण्डका सचिवालयले जनाएको छ ।

चीनको राष्ट्रपतिको निमन्त्रणामा प्रचण्डको नेतृत्वमा ६० सदस्य टोली लिएर १० दिने भ्रमणमा जाने तयारी रहेको थियो । मंसिर २४ मा जाने पूर्व तयारी रहेको प्रचण्डको भ्रमण आज स्थगित गरिएको छ । हिजो साँझ प्रधानमन्त्री संगको भेटघाट पश्चात प्रचण्डले आफ्नो भ्रमण स्थगित गरेको बुझिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई नियाल्दै प्रचण्डले अहिले देश छोडेर बाहिर जानु उचित नरहेको भन्दै चीनको राष्ट्रपतिलाई यो भ्रमण रद्द गर्ने जानकारी दिएका छन् । यसरी भ्रमण रद्द भएपछि अब फेरि चीन जानका लागि पार्टीमा छलफल गरेर निर्णय गर्ने जनाइएको छ ।

प्रधानमन्त्रीसंग प्रचण्डले भेट गर्दा यस विषयमा पनि छलफल गरेको जनाईएको छ । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने तयारी रहेको हुँदा प्रधानमन्त्री र पार्टीको कार्यमा साथ दिनुपर्ने हुँदा प्रचण्डले चीनको भ्रमण स्थगित गरेका हुन् । अध्यक्ष दाहालले अन्य नेताहरुलाई पनि भ्रमण रद्द भएको जानकारी दिएका छन् ।

यता प्रचण्डको चीन भ्रमण रद्द भए संगै उता पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको भारत भ्रमण भने स्थगित हुने वा नहुने निर्णय भएको छैन । भारत संगको सिमा विवाद बारे छलफल समेत गर्न जाने तयारी रहेको माधव कुमार नेपालको भ्रमण प्रधानमन्त्री बालुवाटार फर्किए पछि मात्र निर्णय हुने बुझिएको छ ।

यो पनि पढ्नुहोस: कास्की–२ मा कांग्रेस पराजय हुनुको ३ मुख्य कारण