बुधबार
२५ मङ्सिर
२०७६

सभापति देउवाको अभिव्यक्ति बारे गम्भीर समिक्षा गर्न जरुरी छ : गगन थापा

मंगलबार मङ्सिर १७, २०७६/ Tuesday 12-03-19

काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले उपनिर्वाचनको मतपरिणाम सुखद रह्यो तर सोचे अनुरुप भने आउन नसकेको बताएका छन् । यस पटकको मत परिणामले अर्को चुनावको लागी समिक्षा गर्न सहयोग गर्ने देखिएको नेता थापाले उल्लेख गरेका छन् ।

एभिन्युज टेलिभिजनसंग कुराकानीका क्रममा गगन थापाले चुनावको प्रचार प्रसारमा सभापति शेरबहादुर देउवाको अभिव्यक्तिलाई लिएर आफ्नो धारणा व्यक्त गरेका छन् । गगनका अनुसार सभापतिको अभिव्यक्ति माथि पार्टीले समिक्षा गर्न जरुरी रहेको बताए । गगन थापाले उक्त अभिव्यक्तिले कांग्रेस पनि कमन्युष्टको प्रचार बाजी बाटोमा हिंडेकोले समिक्षा गर्न जरुरी भएको उल्लेख गरेका छन् ।

"नेपाली कांग्रेस सरकारको साथमा छ र सिमानाको विषयमा सरकारले पछि नहटी भारतसंग छलफल गरेर आफ्नो भू-भाग सुरक्षित गरोस् । सरकारको यो यात्रामा कांग्रेस सधै साथ छ । हाम्रो यो भनाई हो जुन हाम्रो तर्फबाट ठिक छ तर सायद हाम्रो अभिव्यक्ती गर्ने तरिका जनतालाई मन परेन होला र यस बारेमा पार्टी भित्र समिक्षा गर्न जरुरी छ", गगनले भने, "एक समयमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभापति शेरबहादुर देउवालाई सद्दाम हुसेन समेत भन्नु भएको थियो र अहिले हामी प्रधानमन्त्रीसंग लड्दै गर्दा त्यस्तै हुने कोशिस गर्यौ जुन हाम्रो पार्टीका लागि सहि नहुने रहेछ ।" 

गगन थापाले कांग्रेसको आगामी अधिवेशनमा महामंत्रीको लागी उम्मेद्द्वार दिने तयारी रहेको बताए । सभापतिको लागि अहिले आफु तयार नभएको तर अहिलेको कांग्रेसको नेतृत्वलाई आमुल परिवर्तन गर्ने तर्फ जोड दिने बताएका छन् । आफु महामंत्रीको दाबेदार भएकाले गर्दा अहिले महामंत्री पदमा आफ्नो उम्मेद्द्वारी दिने र कांग्रेसलाई संगठित रुपमा अगाडी लान सक्ने उमेद्द्वारलाई सभापतिको लागि साथ दिने जनाएका छन् ।

यो पनि पढ्नुहोस:  कास्की–२ मा कांग्रेस पराजय हुनुको ३ मुख्य कारण