मंगलबार
७ माघ
२०७६

छालालाई चमकदार बनाउन किशमिश पानी पिउनुहोस्

सोमबार मङ्सिर ३०, २०७६/ Monday 12-16-19

किशमिशका दानालाई पानीमा २० मिनेट जति सानो आगोमा उमालेर रातभर राखेर खानाले शरीरमा उत्पन्न हुने बिभिन्न समस्याबाट मुक्ति पाउन सकिन्छ ।

किशमिशको पानी केही दिन सम्म नियमित खानाले कब्जियत, एसिडिटी तथा थकान जस्ता समस्याबाट मुक्ति मिल्छ ।

किशमिश उमालेको पानी पिउनाले शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै शरीरमा ट्राइग्लिसेराइड्सको मात्रालाई कम गर्छ ।

यसमा फ्लेबेनाइड्स एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ जसले त्वचालाई सुरक्षित तथा चमकदार बनाउन मद्दत गर्छ ।

दिनप्रतिदिन यसको पानीको नियमित सेवनल गर्नाले पाचन शक्ति बढाउँछ ।

यसको सेवनले लिभरको समस्याबाट पनि मुक्ति मिल्नुका साथै शरीरमा मोटाबोल्ज्मिको स्तरलाई नियन्त्रण गर्न सहयोग गर्छ ।