बिहीबार
२५ असार
२०७७

श्रीमतीलाई कसले धेरै मन्त्रि बनाए भन्दै कांग्रेस र नेकपाका नेता बीच पोल खोलाखोल

सोमबार पौष ७, २०७६/ Monday 12-23-19

काठमाडौ । नेकपाका नेता तथा सांसद डा. सुर्य पाठक र नेपाली कांग्रेसका नेता रामहरि खतिवडा बीच सरकारको काम कार्यलाई लिएर बहस गरेका छन् ।

क्यानाडा नेपालको स्टुडियोमा यी दुई नेताहरुले सरकारले सिमानाको विषयमा कसरी समाधान गर्ने बाटो रोजेको छ र किन चुकेको छ भन्ने मूल विषयमा केन्द्रित भएर बहस गरेका छन् । रामहरि खतिवडाले सरकारको काम कार्यले गति लिएन भन्दै आलोचना गरे भने डा. पाठकले सरकारले वाधा अवरोधहरु बीच कामलाई तिब्र रुपमा लिएर गएको भन्ने उल्लेख गरेका छन् । डा. पाठकका अनुसार सरकारले सिमानाको सुरक्षा गर्ने भन्दै बन्दुक बोकेर सेना पठाउने होईन बरु कुटनीतिक तरिकाले कुरा अघि बढेको भन्दै सिमानाको विषयमा प्रष्टाएका छन् ।

नेपाली राजनीतिमा नेता र मन्त्रीका श्रीमतीहरुलाई पनि सांसद देखि मन्त्रि बनाउने परम्पराको विषयमा पनि यी दुई नेता बीच चर्काचर्की परेको छ । डा. पाठकका अनुसार नेकपाले सधै राजनीति र सरकारमा महिलाको सहभागितालाई प्राथमिकता दिने तर्क दिएका छन् भने रामहरि खतिवडाको तर्क अनुसार कांग्रेसले मन्त्रीको श्रीमतीलाई भन्दै सक्षम महिलालाई राजनीतिमा मौका दिने गरेको उल्लेख गरेका छन् ।