सोमबार
२७ असोज
२०७६

सितेबाको करोडौको व्यापार व्यवसाय हेर्नुहोस, सोलमारी पसल देखि जिम खाना सम्म (भिडियो)

आइतबार असोज ५, २०७६/ Sunday 09-22-19

कलाकार मधुसुदन पाठकको भद्रगोलबाट सुरु भएको सितेबाको यात्रा अहिले कमेडी सिरियल सक्किगोनी सम्म आइपुगेको छ । सक्किगोनी टीम को एक मुख्य सदस्य समेत रहेका मधुसुदन लाइ आफ्नो नाम भन्दा बढी क्यारेक्टर को नाम बाट चिनिन्छन । सितेबा भन्ने क्यारेक्टर र क्यारेक्टर ले बोल्ने थेगो प्राय दर्शक हरु को मुख मा झुण्डीएको छ । मधुसुदन पाठक कलाकार बाहेक व्यापारी पनि हुन् र उनको काठमाडौ मा धेरै व्यवसायहरु छन् जुन आज क्यानाडा नेपालमा प्रस्तुत गरिने यस भिडियो मा हामी देखाउने छौ ।

मधुसुदन को बसुन्धारा स्थित व्यवसाय हेर्न हाम्रो टीम पुग्दा तिन छक्क परियो । मधुसुदन को रेस्टुरेण्ट देखि गिम खाना सम्म देख्दा मधुसुदन को व्यस्तता बढ्दो देखिन्छ । मधुसुदन ले आफ्नो व्यवसाय देखाउदै आफुले गरेका संघर्ष का कुरा हरु पनि सुनाएका छन् । पहिलो दुई वर्ष पैसा लगानी मात्र हुदा आत्तिएको तर हरेष भने नखाएको ले गर्दा आज यो स्थान सम्म आइपुगेको बताएका छन् ।