मंगलबार
६ फाल्गुण
२०७६

दक्षिण कोरियामा कामदारको तलब बढ्यो

बिहीबार पौष १७, २०७६/ Thursday 01-02-20

काठमाडौं - नयाँ वर्ष २०२० सुरु भएसँगै दक्षिण कोरियामा कामदारको तलब बढेको छ । दक्षिण कोरियाका काम गर्ने झण्डै ३५ हजार नेपाली लाभान्वित हुनेछन् । नयाँ वर्ष लागेपछी कामदारले अब प्रतिघण्टा ८ हजार ५ सय ९० वनका दरले न्युनतम तलब पाउने बताइएको छ । नयाँ वर्ष लागेपछी कामदारको तलब गतवर्षको तलब भन्दा २।८७ प्रतिशतले  वृद्धि गरिएकोे हो । 

अब दक्षिण कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारले १७ लाख ९५ हजार ३ सय १० कोरियन वन पाउनेछन् । भने ओभर टाइम काम गर्नेले कामदारले राती १० बजेसम्म काम गरेमा १२ हजार ८ सय ८५ वनका दरले पाउनेछन् । त्यसैगरी राती १० बजेदेखि बिहान ६ बजेसम्म काम गर्दा प्रतिघण्टा १७ हजार १ सय ८० वान पाउने बताइएको छ ।