मंगलबार
६ फाल्गुण
२०७६

मेडिकल माफिया विरुद्द लड्न प्रकाश चन्दलाई मान्यताको यस्तो साथ

मंगलबार पौष २२, २०७६/ Tuesday 01-07-20

काठमाडौ । चिकित्सा शिक्षा संघर्ष समितिका तर्फबाट प्रकाश चन्द र मान्यता थापाले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । सरकारले मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लाउँदै प्रकाश र मान्यताले मेडिकल माफिया विरुद्द लड्ने उल्लेख गरेका छन् ।

क्यानाडा नेपालसंग कुराकानी गर्दै प्रकाश चन्दले भने, "मेडिकल कलेजले शुल्क फिर्ता नगरे हामी कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं । हाम्रो आर्थिक नाकाबन्दीको सुरुवात चितवन मेडिकल कलेजबाट सुरु गर्दैछौ । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजन गरेको छ र यस विरुद्द हामी कठोर नाकाबन्दीमा जान लागेका हौ । सरकारले तोकेको र निर्णय गरेको र विधार्थीले मागेको मागहरु लागू नगरी मेडिकल माफियाहरुलाई सरकारले साथ दिएमा हामी कठोर निर्णय लिन वाध्य हुनेछौ ।"

प्रकाश चन्दको चेतावनीलाई मान्यता थापाले साथ र समर्थन दिएकी छिन् । मान्यताले भनिन्, "मंसिर १० गते मन्त्रीपरिषदले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य गरेको थियो जुन अहिले सम्म कार्यवान्यन भएको छैन । अतिरिक्त शुल्क फिर्ताको माग गर्दा लात र जुत्ता खानुपरेको छ । मेडिकल माफियाको हातमा स्वास्थ्य छेत्र हुँदा देशले ठुलो घाटा बेहोर्नु पर्नेछ त्यसैले हामी भविष्यको लागी लड्ने छौ ।"

 

मेडिकल माफियाहरुको बारेमा जनताहरुले सुनीसके र बुझीसके तर जसले हामीलाई साथ दिनुपर्ने हो उसले नसुने झैं गरे जसले गर्दा ५ महिना देखि हामी संघर्षमा छौ भन्दै मान्यता र प्रकाशले तितो सत्य पोखेका छन् । मेडिकल माफियाहरुलाई सरकारले कारबाही नगर्ने र हामी ५-५ महिना देखि आन्दोलनमा छौ भन्दै मान्यताले आक्रोश व्यक्त गरेकी छिन् । मेडिकल माफियाले नियम नमान्दा सरकार किन चुप रहेको छ भन्दै प्रश्न उठाएका छन् ।