• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

विमानस्थल काण्ड : पारस शाहलाई उन्मुक्ति, गायिका आस्था राउतलाई पक्राउ पूर्जी

माघ ६ २०७६
  • 7.0K
    SHARES
  • images
    images
    विमानस्थल काण्ड : पारस शाहलाई उन्मुक्ति, गायिका आस्था राउतलाई पक्राउ पूर्जी

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । ड्युटीमा रहेकी प्रहरी जवान रमीताले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि कानुनी फन्दामा परेकी हुन् । 

    images

    गायिका आस्था र प्रहरी जवान रमीताबीच भएको विवादलाई जिल्ला प्रशासन काठमाडौंले ‘कठोर सजाय’ हुन सक्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ । प्रशासनले राउतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कारबाही गर्न अनुमति दिएको हो । सो आरोप पुष्टी भएमा उक्त संवैधानिक व्यवस्थाअनुसार गायिका आस्थालाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ । 

    गत भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि हातपात गरेका पूर्वयुवराज पारस शाहमाथि कारबाही गरेर कानुनराजको सन्देश दिन नसकेको प्रहरीले अहिले गायिका आस्था राउतमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । जोसुकैले कानुन उल्लङ्घन गरे पनि कारबाही गर्ने हिम्मत प्रहरीले देखाउनु पर्ने हो । गायिका आस्था राउतले गल्ती गरेको नगरेको अनुसन्धान र न्यायलयले भन्ने छ ।

    तर, ड्युटीमा रहेका सुरक्षाकर्मीलाई मुख छाड्दै पूर्वयुवराज पारसले पिटेको भिडियो भाइरल बनेको थियो । सो बखत पूर्वयुवराज शाहमाथि कारबाही गर्न त परैजाओस् उनीसँग बयान लिने हिम्मतसमेत प्रहरीले देखाएन । गएको भदौ १ गते थाइल्यान्डमा रहेका आफ्ना पिता पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी आमा कोमल शाहलाई बिदाइ गर्न पारस छोरा र भाञ्जालाई लिएर विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भाञ्जालाई प्रहरीले अपमान गरेको भन्दै पूर्वयुवराज शाहले विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गरेका थिए । 

    त्यस बखत प्रहरीले यसबारे अनुसन्धान भइरहेको थालेको प्रहरीले बताएको थियो । तर, आइतबार प्रहरी प्रवक्ता तथा डीआइजी शैलेश थापा क्षेत्रीले पारसविरुद्ध उजुरी नपरेकाले कारबाही प्रक्रिया अघि नबढेको क्यानडानेपालसँगको कुराकानीमा भने । ‘सामान्यतयाः जाहेरी परेपछि मात्रै अनुसन्धान हुने गर्छ । पूर्वयुवराज पारस शाहविरुद्ध जाहेरी नपरेकाले कारबाही प्रक्रिया अघि बढेन’, प्रवक्ता क्षेत्रीले भने । 

    पूर्वयुवराज शाहले ड्युटीमा रहेको खत्रीलाई धकेल्दै हातपात र अपशब्द बोलेका थिए । यसको चौतर्फीविरोध भएपछि पारसले आफ्नो छोरामाथि दुर्व्यवहार भएपछि कुन बाबुले सहन सक्छ र भन्दै आफ्नो बचाउ गरेका थिए । 
     


    माघ ६, २०७६ सोमवार १६:४३:०० बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

  • 216
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौँ - शुक्रबार पनि अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ८ पैसा तोकिएको छ । 

    images

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ १९ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
     
    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५९ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ ।

    j.jpg


    कार्तिक ५, २०७८ शुक्रवार ०७:०५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ 

  • 296
    SHARES
  • ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ 

    सुनसरी - सुनसरीको धरानबाट स्राेत नखुलेको २२ तोला सुनको बाला र  १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।

    images

    रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

    सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।

    दुबै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ । के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ ।’न्युज कारखाना

     


    कार्तिक ५, २०७८ शुक्रवार ०७:०७:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • क्यानाडा नेपाल

    दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

  • 188
    SHARES
  • दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

    रुपन्देही - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो । दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।

    images

    म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । मूर्तिलाई १४ कातिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए । 

    अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो ।  वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ । 

    मूर्ति लोटस, फलावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ छ । मूर्तिलाई भैरहवा लुम्बिनी परिक्रमा गरी गौतमबुद्ध विमानस्थल परिसरमा लगेर राखीने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

    म्यानमारमा पाइने बहुमूल्य ढुंगाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको एक हजार २०० हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ । न्युज कारखाना 
     


    कार्तिक ५, २०७८ शुक्रवार १५:०१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बुद्धमूर्ति

  • क्यानाडा नेपाल

    पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै जनमतको प्रदर्शन 

  • 210
    SHARES
  • पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै जनमतको प्रदर्शन 

    जनकपुरधाम - पक्राउ परेका आफ्ना कार्यकर्ताकोई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ ।

    images

    बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ  । मुद्दा चलाएकालाई बिनाशर्त रिहाइको माग गर्दै जनमतका कार्यकर्ताहरूले शुक्रबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

    कार्यकर्ताहरूको रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार गाउँगाउँबाट सयौँ कार्यकर्ता जनकपुरमा उतारेर प्रदर्शन गरेको हो । प्रदर्शनमा धनुषा, महोत्तरी, सर्लाही, बारा, सिरहा र सप्तरीबाट कार्यकर्ताहरू सहभागी भएका जनमत पार्टीले बताएको छ । 

    यसबीच, प्रहरीले जिल्लामा कुनै प्रकारको हिंसात्मक घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । जिल्ला प्रशासन कार्यालय, जनकपुरधाम उपमहनगरपालिकाको कार्यालय,  जिल्ला प्रहरी कार्यालय तथा जनकपुर बजारका सबै चोकहरूमा प्रहरीको संख्या थप गरिएको छ ।

    प्रहरीले गस्ती टोली पनि बढाएको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । न्युज कारखाना
      


    कार्तिक ५, २०७८ शुक्रवार २०:०३:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदर्शन

  • क्यानाडा नेपाल

    आज दिनभरको मौसम कस्तो रहला ?

  • 172
    SHARES
  • आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन ।

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 
     
    यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।   


    कार्तिक ६, २०७८ शनिवार ०७:०८:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा 

  • 168
    SHARES
  • विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा 

    काठमाडौं - बर्षाका कारण रोकिएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि विमानस्थल बन्द भएको थियो । 

    images

    विमानस्थलमा तत्काल रात्रिकालीन उडान नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ ।  


    कार्तिक ६, २०७८ शनिवार ०७:१८:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विराटनगर विमानस्थल

  • क्यानाडा नेपाल