आइतबार
२३ चैत
२०७६

इरानले गर्‍याे अमेरिकी दुतावास नजिकै तीन वटा रकेट आक्रमण

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौँ - अमेरिकाले गरेको हवाई आक्रमणमा इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि अहिले दुई देशवीच तनाब सिर्जना भइरहेको छ । सुलेमानीको मृत्यु भएपछि इरान सरकारले सही ठाँउमा यसको बदला लिने बताउदै आएको थियो । 


यसैक्रममा अमेरिकी दुतावास नजिकै इरानले तीन वटा रकेट आक्रमण गरेको छ । उक्त रकेट आक्रमण इराकको राजधानी बगदादमा अमेरिकी दूतावास नजिकै गरिएको हो । उक्त रकेट आक्रमण बगदाद बाहिर जफरनिया जिल्लाबाट गरिएको बताइएको छ । अहिले दुबै देशबीच अझै तनावको स्थीती रहेको जनाइएको छ । अमेरीकाले पनि आफु त्यसै नबस्ने बताउदै आएको छ ।