आइतबार
२३ चैत
२०७६

भक्तपुर दरबार स्क्वायरमा बेल्जियम राजकुमारीलाई स्वागत गर्दै पर्यटनमन्त्री भट्टराई (फोटोफिचर)

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिदलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ऐतिहासिक क्षेत्र भक्तपुर दरबार स्क्वायरमा स्वागत गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएकी राजकुमारी मंगलबार भक्तपुर दरबार स्क्वायरमा पुगेकी थिइन् । सोही क्रममा मन्त्री भट्टराईसहितले राजकुमारी अस्त्रिदको स्वागत गरेका हुन् । 


नेपालले सन् २०२०लाई नेपाल भ्रमण वर्ष मनाइरहेका बेला राजकुमारीको नेपाल भ्रमण भएको हो । भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्न राजकुमारी अस्त्रिद आफ्नो टोलीसहित पुगेकी थिइन् । सो क्रममा मन्त्री भट्टराई र राजकुमारीसहितले सामूहिक तस्विरसमेत खिचेका छन् । 

तस्विर : मन्त्री भट्टराईको फेसबुकबाट