बिहीबार
१५ फाल्गुण
२०७६

अस्ट्रेलियामा ठूलो असिना पानी, बल जत्रो असिना परेपछि ज्यान जोगाउनै मुस्किल (भिडियो)

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं - अस्ट्रेलियामा सोमबार ठुलो पानी परेको छ । अस्ट्रेलियाको क्यानबेरामा पानी सँगै बल जत्रा असिना पनि परेको छ । अस्ट्रेलियामा आगलागी जारी रहदा सोमबार असिना पानी परेको हो । ठुला ठुला असिना परेपछी त्यहाका मानिसलाई ज्यान जोगाउन पनि हम्मेहम्मे परेको छ । असिनाले अस्ट्रेलियाको क्यानबेरामा रहेका घर तथा गाडीहरुमा क्षती पुर्याएको संचारमाध्यमले जनाएका छन् ।

ठुलो असिना १५ मिनेटसम्म लगातार परेको बताइएको छ । असिनाले चरा तथा जनावरहरु पनि घाइते भएको जनाइको छ । अस्ट्रेलियाको आगलागीले न्यु साउथ वेल्समा ठूलो क्षति पुगेको थियो। आगलागीले २८ जना मानिसको मृत्यु र करोडौं जनावरमो मृत्यु भएको थियो ।