बिहीबार
१५ फाल्गुण
२०७६

जलस्रोतको धनी देश नेपालले यी देशबाट आयात गर्छ खानेपानी

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं । संसारकै जलस्रोतको दोस्रो धनी देश नेपाल भनिन्छ । नेपालमा हिमाललाई मुहान बनाएर बग्ने नदीदेखि हिमालको काखमा पनि उत्तिकै तालतलैया छन् । यसको नेपालले सही सदुपयोग गर्न सकिरहेको छैन भने यहाँको पानीसहित प्राकृतिक स्रोत साधनमाथि विभिन्न राष्ट्रको चासो बढेको देखिन्छ । नेपालले आफ्ना प्राकृति स्रोत साधनको उपयोग गर्न नसकेका बेला विभिन्न राष्ट्रहरुले यसमा आँखा लगाएर विभिन्न कार्यक्रम लिएर आउने गरेका छन् । 

जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपाल विद्युतमा आत्मनिर्भर छैन । विद्युतमा मात्रै होइन खानेपानीमासमेत आत्मनिर्भर हुन सकेको छैन । नेपालले करोडौं रुपैयाँको खानेपानी आयात गर्ने गरेको छ । व्यापार घाटा व्यहोरिरहेको नेपालले पानीसमेत आयात गर्नुपरेको हो । मिनिरल वाटर आयात गरेर नेपालले करोडौं रुपैयाँ बाहिर पठाएको छ । 

नेपालले भारत, चीन, बंगलादेश, फिलिपिन्स, फ्रान्स, बेलायत, थाइल्याण्ड, जापान, मलेसिया, स्विडेन, लिथुनिया, सिंगापुर, नर्वे, युएई, अमेरिका, हंगेरीलगायतका मुलुकबाट खानेपानी आयात गर्दै आएको छ । करोडौं रुपैयाँमा पानी आयात गरेको नेपालले कतारलाई पानी बेच्ने तयारी गरेको बताउँदै आएको छ । 

याे पनि पढ्नुहाेस्  : खानेपानीमन्त्री बीना मगरज्यू, नेपालको पानी कहिले कतारलाई बेच्ने ?