• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संसद भवनको अनुगमन

माघ ७ २०७६
  • 808
    SHARES
  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन संसद भवनको अनुगमन

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित पुतली बगौँचामा निर्माणाधीन संघीय संसद भवनको अनुगमन गरेका छन् ।  उनले मंगलबार सो भवनको अनुगमन गरेका हुन् । गएको असोज १ गते शिलान्यास गरिएको सो भवनको अध्यक्ष तिमिल्सिनाले अनुगमन गरेका हुन् । 

    पुतली बगैंचामा निर्माणाधीन हुने संसद् भवन एक सय ७३ रोपनी क्षेत्रफलमा फैलिने छ । करि पाँच अर्ब २६ करोडमा निर्माण हुन लागेको सो संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ । तीन वर्ष्भित्र संघीय संसद् भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

    संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय–संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस र छपाइ भवन र सात सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछ ।

    संसद् भवन परिसरभित्र हरियाली चौर, पानीको फोहोरा, सार्वजनिक खुला चौर रहनेछ भने आपत्कालीन विशेष अवस्था, भूकम्प, आगलागीलाई ध्यानमा राखेर इन्जिनियरिङ डिजाइन गरिएको छ ।दक्षिण मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्ने ठूला हल हुनेछ भने प्रवेशद्वारको दायाँतर्फ संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्ने हल हुनेछ।

    प्रतिनिधिसभाको भवनमा चार सय सांसद, सभामुखको कार्यकक्ष, तीन सय जना दर्शक आगन्तुक पाहुना अट्ने गरी डिजाइन गरिएको छ । प्रतिनिधिसभाको हलमा नौ सय जना र राष्ट्रिय सभाको हलमा तीन सय जना अटाउने गरी निर्माण हुनेछ ।
    \"\"


    माघ ७, २०७६ मंगलवार १७:०९:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    कोरोना संक्रमित मन्त्री लामालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

  • 130
    SHARES
  • कोरोना संक्रमित मन्त्री लामालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

    हेटौँडा । कोरोनाभाइरस संक्रमित बागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । 

    कोरोना संक्रमणपछि आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि  थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको उनको निजी सचिवालयले जनाएको छ । 

    चिकित्सकको सल्लाहअनुसार उनलाई काठमाडौं लगिएको हो । निजी सचिवालयकाअनुसार मन्त्री लामामा निरन्तर खोकी लागेको र अक्सिजनको मात्रा शरीरमा कम देखिएपछि काठमाडौं लगिएको हो । 

    नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार बिहान साढे १० बजे मन्त्री लामालाई काठमाडौं लगिएको र उनको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा उपचार गरिने निजी सचिवालयले जनाएको छ ।

    यही मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण पुष्टि भएको थियो । 


    मंसिर ९, २०७७ मंगलवार ११:२४:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    महोत्तरीमा बालिकाको शव बोरामा खाँदेको अवस्थामा फेला, विरोधमा सडक अबरुद्ध

    महोत्तरीमा बालिकाको शव बोरामा खाँदेको अवस्थामा फेला, विरोधमा सडक अबरुद्ध

    काठमाडौं - महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला पारेको छ । 

    बर्दिवास नगरपालिका-१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव सोमबार राति शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    बालिकाको ज्यान लिएको आशङ्कामा प्रहरीले महोत्तरीको गौशाला नगरपालिका-५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । 

    प्रारम्भिक सोधपुछका क्रममा खातुनको ज्यान आफुले लिएको साहले स्वीकार गरेको प्रहरीले जनाएको छ । घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर ज्यान लिइएको स्थानीयवासीले बताएका छन् । अहिले यस घटनाको थप अनुसन्धान भइरहेको छ।
      
    बालिकाको ज्यान लिएको विषयलाई लिएर महोत्तरीको बर्दिवास नगरपालिकामा स्थानिय तथा आफन्तले विरोध गर्दै आगजनी गरेका छन् भने सडक पनि अबरुद्ध गरेका छन् । 
     


    मंसिर ९, २०७७ मंगलवार ११:०९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शव फेला

  • क्यानाडानेपाल डेस्क

    चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो  

    चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो  

    काठमाडौं - चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रत्ननगर नगरपालिका १० का ५२ वर्षीय पुरुष रहेका छन् । 

    उनको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । ती पुरुषलाई मंसिर ७ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । 

    कोरोना संक्रमण देखिएपछि मंसिर ८ गते अस्पताल भर्ना भएका ती पुरुषको अस्पतालमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो । 


    मंसिर ९, २०७७ मंगलवार १०:१२:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    आज दिनभरको मौसम कस्तो रहला ?

    आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । चिसो बढ्न थालेसँगै तराई भूभागमा कुहिरो लाग्न थालेको छ भने हिमाली र उच्च पहाडी भेगमा हिमपात हुन थालेको छ ।

    अहिले देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव  देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ।  त्यस्तै सुदूर पश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    आज दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशको भू-भागमा सामान्य देखि आंशिक बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । त्यस्तै अन्य भू भागको मौसम सफा रहनेछ । 

    त्यस्तै आज राति पनि सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रहनेछ भने बाँकि प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

    त्यस्तै सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
     


    मंसिर ९, २०७७ मंगलवार ०८:२१:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    कोरोना जोखिमकाबीच कक्षा १२ को परीक्षा आजदेखि शुरु

    कोरोना जोखिमकाबीच कक्षा १२ को परीक्षा आजदेखि शुरु

    काठमाडौं - कोरोना संक्रमणको जोखिमकाबीच आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । 

    राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आजदेखि कक्षा १२ को परीक्षा शुरु गर्ने भएको हो । यस वर्ष कक्षा १२ को परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी सहभागी हुँदैछन् । 

    परिक्षा दिने समयमा कोठाभित्र  २ मिटरको दुरी कायम गर्ने र  एउटा कक्षा कोठामा २० जना परीक्षार्थी मात्रै राख्ने व्यस्था गरिएको छ ।

    त्यस्तै परीक्षा केन्द्र परिसरमा रहेको हेल्थ डेस्कमा हात धुने, ज्वरो नाप्ने र मास्कको व्यवस्था गरिएको छ ।  बोर्डले  परीक्षा हल आधाघण्टा अघिदेखि खुल्ने पनि जनाएको छ ।  


    मंसिर ९, २०७७ मंगलवार ०७:५६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कक्षा १२ को परीक्षा

  • क्यानाडानेपाल डेस्क

    भीरबाट लडेर १३ दिनको छोरा र आमाको ज्यान गयो

    भीरबाट लडेर १३ दिनको छोरा र आमाको ज्यान गयो

    काठमाडौं - डडेलधुरामा भीरबाट लडेर आमाछोराको ज्यान गएको छ । 

    ज्यान जानेमा नवदुर्गा गाउँपालिका २ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल र उनको ३ दिनको छोरा रहेको जनाइएको छ । उनीहरु सोही गाउँपालिकाको ढोडनाको भीरबाट लडेका हुन् । 

    प्रहरीका अनुसार श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा आमाछोरा भीरबाट लडेका हुन् । प्रहरीले श्रीमान शेरबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । 
     


    मंसिर ८, २०७७ सोमवार १९:२१:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर

  • क्यानाडानेपाल डेस्क