बिहीबार
१५ फाल्गुण
२०७६

'सेल्फी किङ्ग' को स्याड भर्सनमा विपिनको मनछुने अभिनय (भिडियो)

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं - चर्चित अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको यस फिल्मको जिन्दगीको के छ र भर’ बोलको गीतको भिडियो मंगलबार सार्वजनिक गरिएको हो । 

यस गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने सुरज गैरेको शब्द र सुभाष भुषालको संगीत रहेको छ । भिडियोमा विपिन कार्की देखिएका छन् । गीतको भिडियोमा विपिनको अभिनयले  मनछुने छ । 

माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मको निर्माण दिनेश राउत र सुवास थापाले गरेका हुन् । फिल्ममा विपिन कार्कीसँगै  लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहनेछ ।