बिहीबार
१५ फाल्गुण
२०७६

‘लाइभ शो’ मै पादेको भन्दै होस्टलाई व्यंग्य र आलोचना, भिडियो बन्यो भाइरल

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

वासिङ्टन - चर्चित टेलिभिजन होस्ट वेन्डी विलियम्सले ‘लाइभ शो’ मै पादेपछि विवादमा आएकी छिन् । उनले ‘द वेन्डी विलियम्स शो’ मा होस्ट गरिरहेको बेला पादेकी थिइन् । उनले कार्यक्रममै पादेको भन्दै उनका प्रशंसकले व्यंग्य र आलोचना गरेका छन् ।

सामाजिक सञ्जालभरी उनले कार्यक्रममै पादेको चर्चा चलिरहेको छ । शोमा उनले पादेको आवाज पनि भिडियोमा सुनिएको छ । अहिले उनले पादेको उक्त भिडियो सामाजिक सञ्जाल भरी भाइरल बनिरहेको छ । भिडियोमा रातो पहिरनमा सजिएकी उनले हल्का उठेर पादेको देखिन्छ । पादेपछी पनि उनले अन्तवार्ता नियमित चलाएकी छिन् । अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।