बिहीबार
१५ फाल्गुण
२०७६

सांसद दीपक मनाङेले कुटे एन्फा कास्की अध्यक्षलाई

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं -  सांसद राजीव गुरुङ ९दीपक मनाङे० बाट एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ कुटिएका छन् । मंगलबार खोलमैदानमा नै सांसद दीपक मनाङेले अध्यक्ष गुरुङलाई कुटेका हुन् ।  मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको समयमा व्यवस्थापन नमिलाएको भन्दै गुरुङले हात हालेको बताइएको छ । 

अध्यक्ष गुरुङका अनुसार खेलको नियम नबुझी आफूमाथि कुटपिट गरेको बताए । सांसद गुरुङले भने  ‘आयोजकले बदमासी गरेको छ। मनाङबाट प्लेअर आएको धेरै भइसक्यो। न ग्राउन्ड दियो, न खाने बस्ने खर्च छ,’। उनले आफुले राम्रो कुरा सोध्दा ठुलो कुरा गरेकोले आफुले अध्यक्ष गुरुङलाई झापड हानेको बताए ।