बिहीबार
१५ फाल्गुण
२०७६

कमेडी च्याम्पियनमा बन्यो एकाएक भावुक माहोल, सबैका आँखा रसाए (भिडियो)

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं - चर्चित कमेडी रियालिटी सो ुकमेडी च्याम्पियनु को १७औँ भाग सोमबार प्रसारण भएको छ । कान्तिपुर टेलिभिजन र रेडियो अडियो च्यानेलमा प्रसारण हुने ुकमेडी च्याम्पियनुको सोमबारको भाग निकै बिशेष बन्यो । हरेक भागमा हासोँ गुञ्जीने कमेडी च्याम्पियनको १७औँ भागमा भने सबे भावुक भए ।

यस शोको निर्णयक भुमिकामा रहेकी नायिका ॠचा शर्मा आमाको १३औँ दिनको पुण्य तिथि सकेर शोमा आइन् । उनी आए लगत्तै शोको माहोल नै फरक भयो । उनी आफ्नो आमाको निधनले बियोगमा थिइन् । यसैक्रममा कमेडी च्याम्पियनको १७ हौं भागमा नुवाकोटका गणेश राईले आफ्नो प्रस्तुति दिन थाले ।

प्रस्तुती दिदै गर्दा उनले ॠचालाई आफुले बनाएको उनकी आमासँगको स्केच उपहार दिए ।  गणेशले दिएको उपहार ॠचाले खोल्न सकिनन् । यो देख्दा कमेडी च्याम्पियनुमा उपस्थित सबैको आखाँ रसायो । कमेडी च्याम्पियनमा भावुक माहोल बन्यो ।