बिहीबार
१५ फाल्गुण
२०७६

धादिङ ट्रक दुर्घटना : ७ जनाको मृत्यु, ३२ जना घाइतेमध्ये १६ जनालाई काठमाडौं पठाइयो

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

धादिङ - धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  नीलकण्ठ नगरपालिका(२, भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन् । 

उक्त दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १६ जनालाई काठमाडौं पठाइएको जनाइएको छ । 

ढोला मण्डलीबाट धादिङबँेसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नंको ट्रक यात्रु बोकेर तीव्र गतिमा कुदाउदा दुर्घटना भएको जनाइएको छ ।  गम्भीर घाइते भएका ७ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको बताइएको छ ।