बिहीबार
१५ फाल्गुण
२०७६

दम, मधुमेह र पेट फुल्ने समस्या कम गर्न खानुहोस् ज्वानोको झोल, यस्ता छन् फाइदाहरु

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं - हाम्रो भान्सामा सजिलै पाइने मसला हो ज्वानो । सामान्य लाग्ने ज्वानो निकै फाइदाजनक छ । ज्वानोको झोलको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । यसको सेबन गर्नाले वजन घटाउन पनि सहयोग गर्छ । 

यदि तपाईको नाथ्री फुटेको छ भने नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले ठिक हुन्छ । एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले कम्मर दुख्ने समस्या ठिक हुन्छ । ज्वानोको सेबनले सुत्केरीलाई धेरै फाइदा गर्छ । ज्वानो सुत्केरीको प्रिय खाना पनि हो । 

 रुघा लागेको छ भने ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा ठिक हुन्छ । एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले घाँटी बसेको ठिक हुन्छ । 

 दम रोगको समस्या छ भने ज्वानोको धुवाँ लिँदा सास फेर्न सजिलो हुन्छ । ज्वानोले मधुमेह पनि नियन्त्रण गर्छ । वायुविकार र पेट फुल्ने रोग छ भने ज्वानो उमालेर त्यसको वाफ खाने गरेमा ठिक हुन्छ ।