बिहीबार
१५ फाल्गुण
२०७६

स्कुलबाट फर्कंदै गरेका बालकको गाडीको ठक्करबाट मृत्यु

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

सप्तरी - स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ । काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले बताउनुभयो ।