आइतबार
२३ चैत
२०७६

आस्था राउतको घटना पश्चात एयरपोर्टमा डराएका कलाकार, विदेश जाँदै गर्दा ज्याकेट खोलेर गए

बुधबार माघ ८, २०७६/ Wednesday 01-22-20

काठमाडौ । आस्था राउतलाई केहि दिन अघि एयरपोर्टमा चेकजाँच गर्ने क्रममा महिला प्रहरी संग परेको विवादले अहिले सामाजिक संजाल तत्ताएको छ । यहि विषयमा आज कार्यक्रमका लागि विदेश जादै गरेका कलाकारहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।


प्रिती आले, द भ्वाइसका टिम, प्रमोद खरेल, दुर्गेश थापा सहितका कलाकारहरु आज कार्यक्रमका लागि विदेश उडेका छन् । विदेश उड्दै गर्दा केहि कलाकारहरुले आफुले पनि भोगेको पिडाहरु सुनाएका छन् भने केहि कलाकारहरुले आस्था राउतको विषयले गर्दा आफु सतर्क हुने उल्लेख गरेका छन् । द भ्वाइसका टिमले आफु चेकजाँचका क्रममा ज्याकेट खोलेर नै जाने भन्दै आस्था राउतको विवादमा सटायर समेत हानेका छन् ।

गायिका प्रिती आलेले आफुले धेरैचोटि प्रहरीबाट पिडा पाएको र आस्था राउतको ठाउँमा आफु पनि भएको भए रिसाउने कुरा उल्लेख गरेकि छिन ।

 

यो पनि पढ्नुहोस: आस्थापछि माग्ने बुढा प्रहरीको फन्दामा, ट्राफिक प्रहरीले काट्यो चिट (भिडियो)