मंगलबार
६ फाल्गुण
२०७६

आकर्षक बन्यो मुलुककै जेठो विद्यालय ‘दरबार हाइस्कुल’ (फोटोफिचर)

आइतबार माघ १२, २०७६/ Sunday 01-26-20

काठमाडौं । मुलुककै जेठो विद्यालय हो, दरबार हाइस्कुल । रानी पोखरी अगाडि रहेको यो विद्यालय विक्रम संवत् १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापना गरिएको हो । विक्रम संवत् १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ देखि अन्य विषय पनि सर्वसाधारणले पढ्न पाए । 

तर, २०७२ वैशाख १२ गतेको भूकम्प यस विद्यालयलाई भत्काउनबाट बाँकी राखेन । भूकम्पले क्षतिग्रस्त बनेको सो विद्यालयको पुनर्निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले पाएको थियो । चीन सरकारको पूर्ण सहयोगमा पुनर्निर्माण गरिएको यस विद्यालयको मुहार अहिले फेरिएको छ । 

रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको  यो विद्यालय चारतले र ४० कक्षाकोठाकाको छ । विद्यालयको बाहिरी आवरण पहिलाको जस्तै  देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको छ । शुरुमा निर्माण गर्दा माटो, इँट्टा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको हो ।