बिहीबार
१५ फाल्गुण
२०७६

शालीनदीमा स्वस्थानीको महिमा : दर्शन गर्नेदेखि सेल्फी खिच्नेसम्मको भीड (फोटोफिचर)

आइतबार माघ १२, २०७६/ Sunday 01-26-20

काठमाडौं । हिन्दूधर्मावलम्बीहरुले पुस शुल्क पूर्णिमा (पुस २५गते)देखि स्वस्थानी व्रत बसिरहेका छन् । कठोर र कडा व्रतको रुपमा लिइने यो स्वास्थानी व्रत एक महिना अर्थात माघ शुल्क पूर्णिमा (यस वर्ष माघ २६गते)सम्म बस्ने गरिन्छ । यो व्रत र स्वास्थानीको महत्व र महिमा जोडिएको काठमाडौंको साँखुस्थित शालीनदीमा एक महिना विशेष मेला लाग्ने गरेको छ । । व्रतालु महिला–पुरूषहरुले साँखुस्थित शालीनदीमा पुगेर स्वस्थानीको विशेष पूजाआजा र दर्शन गर्ने गर्छन् । 

अहिले दैनिक रुवमा हजारौं दर्शनार्थीहरुले शालीनदी पुग्ने गरेका छन् । सत्य युगमा विष्णुको सुझावअनुसार पार्वतीले कठोर व्रत बसी स्वस्थानीको पूजाअर्चना गरेपछि मनोकांक्षाअनुसार महादेव पति पाएको धार्मिक विश्वास अनुसार एक महिनासम्म घरघरमा स्वस्थानी परमेश्वरीको व्रतकथा पढेर सुनाउने गरिन्छ । एक महिनासम्म चल्ने स्वस्थानी व्रत बिहान नुहाएर मध्यान्ह पूजा अर्चना गरिन्छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएकी चन्द्रवतीाले कठिन संघर्षपछि स्वस्थानीको व्रतको प्रभावले जीवनदान पाएको र हरिहर प्रसन्न भई चन्द्रवतीका पति नवराज लावण्य देशको राजा भएको स्वास्थानी व्रत कथामा उल्लेख भएको पाइन्छ । साँखुमा स्वस्थानी विशेष तीर्थस्थलको रुपमा मानिँदै आएको छ ।