• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

अहिलेका नेताको भन्दा राजा महेन्द्र र हर्क गुरुङको सोच उच्च

भाद्र २४ २०७६
  • 1.4K
    SHARES
  • अहिलेका नेताको भन्दा राजा महेन्द्र र हर्क गुरुङको सोच उच्च

    नारायण गाउँले । पाँच विकास क्षेत्रबारे कक्षामा पढि़एको त थियो तर गम्भीर भएर कहिल्यै सोचिएको रहेनछ । एउटा निरङ्कुश राजाले विकेन्द्रीकरणबारे यति सघन सोच राख्नु र डा. हर्क गुरुङ्ग, डा. मोहम्मद मोहसिनजस्ता विद्वान्बाट सुझाव लिएर प्रशासनिक सुगमताका लागि देशलाई पाँच विकास क्षेत्रमा बाँड्नु अहिले पो आश्चर्यजनक लाग्यो । हरेक विकास क्षेत्रले भारत र चीनलाई छुने र कुनै एकले नाकाबन्दी गरे पनि अर्को देशबाट नूनतेल ल्याउन सकिने रहेछ । सबै विकास क्षेत्रमा प्राकृतिक स्रोतसाधन लगभग बराबर रहेछन्, जङ्गल होस् या नदीनाला । सबै प्रदेशसँग अलिकति तराई, अलिकति पहाड़ र अलिकति हिमाल रहेछ ।

    प्राविधिक शिक्षालय होस् या औद्योगिक करिडोर (विराटनगर(हेटौंडा(बुटवल…) सबैतिर पुर्याउने प्रयास ऊबेलै भएको रहेछ । काठमाडौँमा बाल्मीकि क्याम्पसजस्तो पूर्वाधार हुँदाहुँदै महेन्द्र संस्कृत विश्वविद्यालय किन दाङ पुगेको रैछ भन्ने त म बल्ल बुझ्दै छु । देशको मूल राजमार्ग ऊबेलैको रहेछ र त्यसले हरेक विकास क्षेत्रलाई छोएको रहेछ । हरेक विकासक्षेत्रमा उत्तरदक्षिण बाटो खोल्ने प्रयास पनि गरिएको रहेछ । विराटनगरबाट वसन्तपुर होस् या उदयपुरबाट ओखलढुङ्गा होस्, काठमाडौंबाट खासा होस् या नारायणघाटबाट म्याग्दी होस् या दाङ्ग(प्युठान अथवा सुर्खेत हुँदै दैलेख होस् या अतरियाबाट डडेल्धुरा होस्…प्रयास र उल्लेख्य प्रगति भएका रहेछन् । क्षेत्रीय सदरमुकाम भनेर सहरीकरणको प्रयास पनि भएको रहेछ । विकेन्द्रीकरणकै कुरो गर्दा पनि १४ वटा अञ्चललाई दिइएको अधिकार र शक्ति अचम्मको रहेछ । जानकारहरू भन्छन्, अञ्चलाधीश भनेको कुनै प्रदेशको मुख्यमन्त्री जस्तै शक्तिशाली पद थियो रे ।

    जातीय क्लस्टर ऊबेलाको विभाजनको आधार थिएन पक्कै । र पनि सकेसम्म त्यो बिथोलिएको रहेनछ । पूर्वाञ्चलमा किराँत, मध्यमाञ्चलमा तामाङ(नेवार(मधेसी, पश्चिमाञ्चलमा गुरुङ, मध्यपश्चिममा मगर र थारू अनि सुदूरपश्चिममा खसहरूको जातीय क्लस्टर बाक्लै देखिन्छ । पुनर्वास कम्पनी नै रहेछ जसले पहाड़बाट झर्न चाहने र भूमिहीन समुदायलाई तराईमा जग्गा वितरण गर्दो रहेछ । तराईका सँग जग्गा खोसेर पहाड़ेलाई बाँडिएको प्रचार गरिए पनि वस्तुस्थिति त्यो रहेनछ । झापाको लिम्बू र प्रसाईं होस् या चितवनको पौडेल र श्रेष्ठ, औलो लाग्ने निर्जन खोरिया फाँडेर बस्ती विकासमा लागेका रहेछन् । त्यसको काम खोस्ने नभएर दिने रहेछ । अहिले त दिइने जति हुनेखानेले नै पाउँछन्, पक्कै त्यो बेला कसैले बढ़ी र कसैले घटी पाए होलान् । तर मेरा हजुरबुबाहरू खोरिया फाँड्न नसकेर पहाड़ नै फर्किएको सम्झना सुनाउनुहुन्छ ।

    यसरी हेर्दा त यो विभाजन भलै आफैमा पूर्ण वैज्ञानिक र उत्तम नहोस्, तर धेरै हदसम्म दूरदर्शी र न्यायमूलक रहेछ । प्रशासनिक विभाजन नै सबै समस्याको समाधान होइन सो यस्तो विभाजनपछि पनि नेपालमा विद्यमान वर्गीय र चरम सामाजिक उत्पीड़नका समस्या समाधान हुनसकेनन् । आज राष्ट्रिय बजेट १४ सय अर्बको छ, त्यतिबेला दुई(चार अर्बको हुन्थ्यो । ऊबलाको बजेट जत्रो त अहिले एउटा प्रोजेक्टमा भ्रष्टाचार नै हुन्छ ।

    बजेट अति न्यून भएकाले सोचे जति काम भएन होला तर यो असफलता विकास क्षेत्रको नभएर भ्रस्ट, अकर्मण्य र अशिक्षित नेतृत्वको थियो । राजनैतिक प्रणालीको असफलता थियो त्यो । अहिले पनि गरिबी निवारण होस् या दलितका मुद्दा हुन्, सम्बोधन गर्न कुनै कुराले छेकेको छैन । कानून छ, धेरथोर बजेट पनि छ । नभएको इच्छाशक्ति र इमान्दारितामात्रै हो ।

    मेरो यो गनगनको अर्थ विकासक्षेत्रलाई नै प्रदेश मान्नुपर्छ भन्ने होइन । यसभन्दा अझ बढ़ी वैज्ञानिक पुनर्संरचनाको ठाउँ पक्कै होला । तर नयाँ चाहियो भन्दैमा पुरानो ’खत्तम’ हो भनेर प्रचार गर्नु उचित रहेनछ भन्ने मेरो बुझाइ रह्यो । प्रजातन्त्रको द्दछ वर्षमा अलिकति काम भएको भए देश अर्कै हुन्थ्यो र दिल खोलेर पन्चायतलाई गाली गर्न हुन्थ्यो !

    (यो झन्डै चार वर्षअघि प्रदेशको विभाजन नहुँदै लेखेको रहेछु । साथीहरूले सम्झाइदिनुभो । यसको सान्दर्भिकता शायद अब सकियो । तर निष्पक्ष तुलना गर्न त जहिले पनि पाइन्छ नि । सात प्रदेश र पाँच विकास क्षेत्रको नक्सा हातमा लिएर सबै खाले आग्रहबाट माथि उठ्दै भन्नुस् त, हामीले कति कुरा बढ़ी हासिल गर्याैँ  ? सँगै हामीले त्यसका निम्ति खर्च गरेको खर्बौं रुपियाँ, वर्सौंको समय र कैयौंको जीवन पनि जोड्नुस् । गणतन्त्र ल्याइसकेपछि पनि यही रेखा कोर्न मात्रै धेरै वर्ष र रगत खर्च भएको छ । यो कुनै तन्त्र र शासकको तुलनाचाहिँ होइन है । ती हिजो पनि खराब थिए र आज पनि खराबै छन् ।)


    भाद्र २४, २०७६ मंगलवार १९:४२:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    कोरोना, म र अनुभूति 

    हरि ओझा

    आश्विन १३

  • 3.6K
    SHARES
  • कोरोना, म र अनुभूति 

    एसिया महादेशको पूर्वी क्षेत्रमा अवस्थित चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना कहरले सुरुवाती दिनमा छिमेकी मुलुकलाई आफ्नो चपेटामा पार्नु भन्दापहिला  यूरोप, आमेरिका साथै मध्ये एशियामा  प्रभुत्व जमाएको पाइयो । हालसम्म प्रशासित क्षेत्रसहित दुई सय १३ मुलुक तथा दुई पानी जहाज  यस  महामारीको संक्रमणबाट गुज्रिरहेको पाइन्छ । यसका पछाडि थुप्रै कारण हुन सक्दछन्, जस्तोकि  चिनियाँहरुको यूरोपेली र अमेरिकी  साथै मध्ये एशियाली मुलुकसँग कस्तो सम्बन्ध रहेछ भन्ने पुष्टि हुन आउँछ । हुनत यसका पछाडि  अन्य  अनुत्तरित प्रश्नहरु अझै प्रशस्त बाँकी छन् । खैर यस महामारीले संसारलाई जस्तो प्रभाव पारिरहेको छ यस्तो भिशम्  परिस्थितिमा हामी नेपालीलाई  यसको प्रभाब नपर्ने भन्न सकिने  आधारभूत  कारण  हुनै  सक्दैन थियो । फलस्वोरूप  कोरोना महामारीमा ढिलो चाडो हामी पनि आमेरिका, इटाली ,स्पेन वा अरबि राष्ट्रहरुले भोगेको दुखान्त अवस्तामा  नपुगिएला भन्न सक्ने हामी संग कुनै कार्य तालिका छैन । 

    २०७६ माघ  ०९ गते नेपालमा पहिलो पटक कोभिड–१९ पोजेटिभ केश  नेपाल सरकारले पुष्टि गरेको थियो । यसलेख लेखेका बखतसम्म ७४ हजार ७४५ जना संक्रमित छन् भने ४८१ जनाको देहावसान भएको साथै ५४ हजा ६४० जना संक्रमणमुक्त भएका सरकारी तथ्यांक  रहेको छ। संसारले  यस्तो कहालीलाग्दो महामारी खेपिरहेको अवस्तामा म भने कसरी अछुतो रहन सक्थे होला ? त्यस माथि स्वास्थ्यकर्मी पारिवारिक परिस्थितिमा । शनिबारको दिन थियो हामी सधाझैँ बिहानै फुर्तिकासाथ मर्निङ वाकमा गएको बेला एक्कासी उनीले आज अस्पताल जानु पर्यो, धेरै दिन भयो नगएको भनि मसँग सहमति मागिन्, मैले पनि  फिस्स मुस्कानसहित मौन समर्थन जनाई दिएँ । त्यसँंगै उनी निकै चुस्तीका साथ खानाखाइ अस्पताल लागिन् । सधाझैँ साँझको करिब ५ बजे हाम्रो भेट भयो । भेट हुना साथ मैले उनलाई कोरोनाको अवस्था कस्तो छ अस्पताल  तिर भनि प्रश्न गरँ ।  

    उनले उत्तरमा आफ्ना केहि सहकर्मी साथीलाई कोरोना पोजेटिभ भएको अत्यन्तै मार्मिक र डरलाग्दो अवस्थाबारे चित्रण गरिन् । तुरुन्तै मैले प्रति प्रश्नमा ति मित्रसँग उनको  दूरिका  सम्बन्धबारे सोधेँ । उनीले कुनै यकिन उत्तर दिन सकिनन्  । त्यसै  क्रममा चिया पिउँदै गर्दा मेरा नजर उनका नयनमा गई अडिए । किन हो कुन्नि सदाभन्दा आँखा रसिला थिए । मैले दिल्लगी गर्दै  कतै तिमीले कोरोना लिएर त आएनौ भनि सोधेँ । उनले हल्का टाउको दुखेको कुरा मलाई सुनाइन् । मैले धेरै दिनपछि  काममा गएर होला भन्ने सहज उत्तर दिएँ । त्यस पश्चात करिब रातको ९ बजे खाना खाँदा शिर साथै हात खुट्टाका जोर्नी पनि दुखिराखेको जानकारी गराइन् । र खान पनि सादा भन्दा कमै खाइन् । मैले उनको ज्वरो नापे ९९.४ डिग्री थियो, जुन सामान्य हो । अकास्मात् नाकबन्द भई रुघा लागेजस्तो उनलाई साथ साथै मलाई पनि सुरु भयो र हामी आ–आफ्नो मोबाइलमा गुगल र यूटूब खोली  कोरोंनाका लक्षणबारे अध्यन गर्न थाल्यौँ ।  

    हाम्रो मनोदशाले होला सम्पुर्ण रोगको लक्षण मिलेको पायौँ  र बोइलरमा तातो पानी तताउन थालेँ । तातोपानी र सन्चोको वाफ पालै पालो लिन थालियो । हामीसँग थुप्रै प्रश्नका उत्तर थिए, कोरोना केही हैन, यो सामान्य फ्लू  हो, स्वास्थ्य जीवनशैली अपनाए यो रोग आफैँ बिसेक हुन्छ भन्ने मनलाई  सान्त्वना दिलाउने तर्क हुँदाहुँदै पनि हामीबीच मौनता छाएको थियो । सायद यसै मौनताले हाम्रो ज्ञानको परिचय दिरहेको हुँदो हो । समय समयमा  दुबैजना आआफ्नो ज्वरो नाप्थ्याँ,ै  रातको करिब १ बजेतिर उनको ज्वरो १०१ डिग्री भयो भने मेरो ९९ डिग्री जति थियो । अब भने हामी यस संक्रमणबाट संक्रमित भएको स्वपुस्टि गर्यौं ।  मनमा भने अनेक तर्क वितर्क  खेलिरहेका थिए । मानिस मृत्यु पूर्व सायद उसको मृत्युलाई  समाजले कुन दृष्टिकोणले हेर्छ भन्नेमा चिन्तित हुँदो रहेछ । त्यसैले होला हामी कोरोनको संक्रमण भन्दा समाजले हामीलाई हेर्ने दृस्टीकोण तर्फ हाम्रो बढी ध्यान केन्द्रित  भएको मैले अनुभव गरेँ । हामीलाई  त्यस कहालीलाग्दो रात बर्सौ वर्ष बिते जस्तो लग्यो र रातभर अनिन्द्रित  स्वप्नशिल  संसारमा रम्ने कोशिश गरि बित्यो । 

    लकडाउनको प्रभावले होला मिर्मिरे बिहानीमा चाराचुरुङ्गीको  चिर्रबिराट प्रशस्त मात्रामा सुन्न पाइन्छ ।  तर, आज किन हो शरीरमा  फुर्ती भने पटकै थिएन । मर्निङवाकमा जान, न चिया, न खाना नै खान मन लाग्यो, फगत तातो पानीको वाफ र तातै पानी पिई बसियो मध्याह्नपछि ज्वरो स्वतः  आफै कम भयो तर पनि मनमा त्रास भने कायम नै थियो । अन्य छर छिमेकीसँग गफ गर्न मन नै मानेन, सायद समाजको डरले हो वा आफ्नै ज्ञानले यसको उत्तर मैले पाउन सकिन । तर जे गरियो ठिकै गरियो भन्ने लाग्दछ ।  

    हामी कोरोनबाट  संक्रमित  थियौँ वा थिएनौँ, हामीलाई थाहा भएन, किनकि हामीले कुनै परीक्षण गराएका थिएनौँ । तर कोरोनाप्रतिको दृष्टिकोण भने अवस्य बद्लिएको छ । कोरोनाका कारण मानिसको मृत्यु हुनुभन्दा यस रोगप्रतिको सामाजिक दृष्टिकोण सायद मृत्युमा बढि मद्दत पुग्दछ जस्तो लाग्छ  । यस दृष्टिकोण निर्माण हुनुमा काहीँ न काहीँ विश्व स्वास्थ्य संगठन र सरकारको नै प्रमुख भूमिका रहेको छ । किन यस महामारीलाई अन्य महामारी सरी सामान्य नजरले हेरिएन ? किन यस रोगलाई अतिरञ्जित गरियो होला ? के स्वास्थ्य क्षेत्र बाहेक अन्य सम्पुर्ण  जगह बन्द गरिनु यस रोगप्रतिको रामवाण ओखती  हो त ? यी र यस्ता कैयौँ प्रश्न मेरा मन र मस्तिष्कमा सधैँ खेलिरहन्छन् । तर उत्तरमा भने केवल मौनताको प्रश्न चिन्ह खडा  भइ दिन्छ।।


    आश्विन १३, २०७७ मंगलवार १७:३३:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • हरि ओझा

    कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ : डा. रवीन्द्र पाण्डे

    जेठ १६

  • 7.2K
    SHARES
  • कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ : डा. रवीन्द्र पाण्डे

    काठमाडौ । कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ | बिकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै बैज्ञानिक प्रयास गरिरहेका छन् | हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सुचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आबश्यक छ |

    - PCR परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने | संक्रमित क्षेत्रमा ‘ १ घर, १ जना परिक्षण ‘ को अभियान बढाउने |
    - होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी बनाउने |
    - कोरोना संक्रमण पोजिटिभ हुँदैमा अस्पतालमा भर्ना नगर्ने | होम आइसोलेसन वा सेल्फ आइसोलेसनको ब्यबस्था गर्ने | ९० % भन्दा धेरै संक्रमितलाई ४ हप्ता घरमा बस्दा कोरोना संक्रमण आफै निको हुन्छ | सामान्य लक्षण देखिए घरमै लाक्षणिक उपचारको मार्ग निर्देश गर्ने | यसो गर्दा संक्रमितलाई घरेलु बाताबरणमा सजिलो हुनुको साथै मनोबल पनि बढ्दछ | घरमा आइसोलेसनको बाताबरण नहुने संक्रमितलाई मात्र सामुदायिक भवनमा आइसोलेसनमा राख्ने |
    - सास फेर्न गाह्रो हुने लगायतका अन्य गम्भीर लक्षण देखिएमा तोकिएको कोरोना डेडिकेटेड अस्पतालमा भर्ना गरेर उपचार गर्ने |
    - संक्रमण जिरो देखिएका जिल्लामा मात्र RDT टेस्ट गर्ने | त्यहाँ RDT टेस्ट पोजिटिभ देखिएमा PCR टेस्ट बढाउने | RDT लाई जबर्जस्ती बिस्तार नगर्ने |
    - मृतकमा कोरोना संक्रमणबाहेक कुन कुन दीर्घरोग थियो तथा कुन अवस्थाले मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गर्दा आम नागरिक डराउने बातावरण एकदम न्यून हुन्छ |
    - रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि संचार माध्यममा सामाजिक दुरी, मास्कको सहि प्रयोग, रोगप्रतिरोधात्मक क्षमता बढाउने उपाय लगायतको प्रभावकारी सामग्री निर्माण, प्रकाशन / प्रसारण गर्ने |
    - मौसमी रुघाखोकी, अन्य फ्लु तथा कोरोना संक्रमणका लक्षणको फरक सुचित गर्ने |
    - भारत वा अन्य देशबाट नेपालीलाई सिमानाका PCR Test गरेर संक्रमितलाई क्वारेन्टाइन र स्वस्थलाई आफ्नो थातथलो पठाउने |
    - जनस्वास्थ्य चेतना निकै फितलो छ | तसर्थ उठेका हरेक इस्युलाई दैनिक सम्बोधन गर्ने तथा पर्याप्त जनस्वास्थ्य चेतनाको कार्यक्रम संचालन गर्ने |
    - आम नागरिकलाई कोरोना भाइरससंग आफ्नो जीवन सुचारु गर्न प्रशिक्षित गर्ने |
    - खोप, नसर्ने रोग / दीर्घरोगको परीक्षण तथा उपचारको प्रबन्ध मिलाउने |
    - अस्पतालहरुलाई संक्रमणबाट सुरक्षित राख्ने | स्वास्थ्यकर्मीलाई गुणस्तरीय तथा पर्याप्त PPE को ब्यबस्था गर्ने |
    - सुरक्षित प्रसव र शल्य क्रियालाई ग्यारेन्टी गर्ने |
    - मनोपरामर्श सेवालाई हरेक स्थानीय निकायमा पुर्याउने |


    जेठ १६, २०७७ शुक्रवार ०८:४३:०० बजे : प्रकाशित


    \'चीन कोरोनासँग लड्दै गर्दा पश्चिमाहरू खुशी मनाइरहेका थिए, अहिले बल्ल स्वाद चाख्दै छन् \'

    चैत्र १

  • 8.3K
    SHARES
  • \'चीन कोरोनासँग लड्दै गर्दा पश्चिमाहरू खुशी मनाइरहेका थिए, अहिले बल्ल स्वाद चाख्दै छन् \'

    १-'चीन कोरोनाभाइरससँग लड्दै गर्दा पश्चिमाहरू खुशी मनाइरहेका थिए, अहिले बल्ल स्वाद चाख्दै छन् ।' २-'पूर्वीय संस्कृतिलाई सधैँ अपमान गर्ने र गिज्याउनेहरू नै अहिले नमस्कार गरिरहेछन् ।' केही नेपाली प्रबुद्ध, विद्वान् र राजनैतिक विश्लेषकहरूका टिप्पणी हुन् यी । 

    तर सत्य के हो भने, ट्रम्पले एक महिनाअगाडि नै चीनले कोरोनाभाइरससँग प्रोफेशनल तरिकाले लड़िरहेको, चीन यसका लागि सक्षम रहेको र अमेरिका नजिकबाट सघाउन तयार रहेको अन्तर्वार्ता दिएका थिए । विश्वस्वास्थ्य सङ्गठनलाई धेरै देश र अर्बपतिहरूले ठूलो रकम उपलब्ध गराएका थिए । इजरायलदेखि अस्ट्रेलियासम्मका विश्वविद्यालयले कोरोनाभाइरसको खोप विकासका लागि कदम चालिसकेका थिए । कुनै पनि सरकारी निकाय या मिडियाले चीनको मजाक उडाएका थिएनन् । यो समस्यालाई सिरियस भएर हेरेका थिए । 

    त्यहाँका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले जुन अभूतपूर्व साहस र योगदान गरेका थिए, तिनको सचित्र वर्णन युरोपमा बसेर पढ़िएकै थियो । अहिले एउटामात्रै पनि बिरामी नरहेको नेपालका नागरिकलाई त कुनै देशले प्रवेशमा रोक लगाएको छ तर सङ्क्रमण व्यापक बन्दासम्म पनि लगभग सिङ्गो विश्वमा चिनियाँ नागरिकलाई प्रवेशमा बन्देज थिएन । जोखिम बढ्दै जाँदा धेरै देशले चीनसँगको बोर्डर र हवाइ कनेक्टिभिटी नियन्त्रण गर्दै गएका हुन् । आफ्ना नागरिकको सुरक्षा हरेक देशको पहिलो कर्तव्य हो । यो हरेक देशले सकेजति गर्छन् नै । आज चीन आफैले पनि गरेको छ । 

    एक दुईवटा मिडियामा आएका आलोचनात्मक लेखबाहेक सिङ्गो विश्व कोरोनाभाइरस चीनबाहिर फैलिनुअघि नै चिन्तित थियो । पश्चिमी मिडियाले माओको अनुहारमा मास्कमात्र होइन, बेलायतकी रानीले हातमा पन्जा लगाएको तस्बीर छाप्दै "Crownavirus" भनेर व्यङ्ग्य गरेका थिए । अस्ट्रेलिया, क्यानडा र न्युजिल्याण्ड लगायत धेरै देशकी रानीको तस्बीरलाई लिएर गरिएको त्यो व्यङ्ग्यको कसैले विरोध गरेको सुनिएन । अहिले पनि ट्रम्पदेखि बेलायती प्राधानमन्त्रीसम्मको खरो आलोचना मिडियामा छापिइरहेकै छ । पश्चिममा मिडियाहरू सरकार-नियन्त्रित छैनन् । ट्रम्प त विरोधसँग आत्तिएर सधैँ फेक मिडिया भन्छन् । 

    आज युरोपका सुपरस्टोरमा खाद्यान्नको स्टक रित्तिएको होस् या नागरिकले शासकप्रति रोष प्रकट गरेको फोटो होस्, विश्वभर पुगेका छन् । किनकि यहाँका सरकारले यस्तो चित्र अन्त नजाओस् भनेर सोसल मिडिया या पत्रपत्रिकालाई एडिट गर्दैनन् । चाहे भने पनि गर्न सक्दैनन् । चीनमा कोरोना भाइरसका व्यापक केस आउन थालेपछि सजग गराउने पहिलो डाक्टरलाई प्रशासनले कुप्रचारको आरोप लगाएर प्रहरीकहाँ पुऱ्याएको खबर चीनबाटै आएको थियो । पछि त्यही भाइरसकै कारण उक्त डाक्टरको मृत्यु भयो । 

    यदि यो घटना फ्रान्स या बेल्जियममा हुन्थ्यो भने मिडियाले सरकार नै ढालिदिने थिए । अहिले युरोपका खाली पसलका केही तस्बीर हेरेर खुशी नबनौं । यो अवस्था जताततै आउन सक्छ । भोलि नेपालमैं पनि यो हाहाकार देखिन सक्छ । विश्वमा पोलियो, दादुरा, एचआइभी, स्वाइन फ्लूजस्ता थुप्रै समस्याहरू छन् जसलाई सिङ्गो विश्व मिलेर लड्दै छन् । सके हामीले पनि कोरोनाभाइरसको रोकथाम र उपचार पत्ता लगाएर विश्वलाई उपकार गर्न सक्छौं । 

    अनि 'पूर्वीय संस्कृतिलाई अपमान गर्ने र मजाक उड़ाउने'हरूले आज नमस्कार गरेको भन्ने पनि स्वस्थ तर्क होइन । पश्चिमीमात्रै होइन, कुनै पनि सभ्य सरकार र नागरिकले धर्मको मजाक उड़ाउँदैनन् । जनस्तरमा त हिन्दुले क्रिश्चियन र मुश्लिमको या क्रिश्चियनले मुश्लिम र हिन्दुको अनि मुश्लिमले अन्य धर्मको मजाक उडाउनु अलग विषय हो । हिन्दु धर्म र संस्कृतिको प्रभाव अहिले युरोप र अमेरिकामा यत्रतत्र देखिन्छ । संयुक्त राष्ट्र सङ्घकै कार्यक्रममा हिन्दु र बौद्ध धर्मगुरुहरू पुगेर योग र दर्शनबारे शिविर नै चलाएका छन् । 

    बेलायती प्राधानमन्त्री लक्ष्मीपूजाको दिन मन्दिर जान्छन् । टीका लगाउँछन् । केही तुच्छ धार्मिक अतिवादीबाहेक कसैले कसैको अपमान गर्दैन, आफ्नो धर्मको बखान बेग्लै हो । आज अन्यले पनि नमस्कार अपनाए भने हामीले हाम्रो संस्कृति कति व्यावहारिक रहेछ भनेर गर्व गर्ने हो । हिजो अपमान गर्नेले आज नमस्कार गरे भनेर उल्टो तिनको मजाक उडाउने होइन । राम्रो कुराको अनुकरण विश्वभर हुन्छ ।


    चैत्र १, २०७६ शनिवार १५:५२:०० बजे : प्रकाशित


    योगेश भट्टराईलाई खुलापत्र, आश गरिएका तपाईंजस्ता मन्त्रीको भिजन यस्तो नहुनुपर्ने हो

    फाल्गुण १४

  • 2.6K
    SHARES
  • योगेश भट्टराईलाई खुलापत्र, आश गरिएका तपाईंजस्ता मन्त्रीको भिजन यस्तो नहुनुपर्ने हो

    प्रिय योगेशजी,
    इरानका उपस्वास्थ्य मन्त्री नै कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर आयो । चीनभित्रै हुँदा ज्यादै थोरै रहेको भनिएको मृत्युदर पनि अन्य देशमा उल्लेख्य रूपमा धेरै देखियो ।
    फ्रान्सको पर्यटन उद्योग आधाले घटिसक्यो । चीनमैं आर्थिक गतिविधि र औद्योगिक उत्पादन ठप्प हुँदै गएको देखिन्छ । वर्ल्ड मोबाइल कंग्रेसदेखि भेनिस कार्निभलसम्मका ठूला कार्यक्रम स्थगित भए । जताततै शेयर बज़ार ओरालो लागेका छन् । विश्वभर गम्भीर जनस्वास्थ्य सङ्कट र आर्थिक मन्दीका सङ्केत देखिन थाले ।

    चीनभन्दा १० हजार किलोमिटर टाढ़ा रहेका देशले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सङ्क्रमणसँग जोगिने र लड्ने तयारी शुरू गरेका छन् । हस्पिटलदेखि सार्वजनिक ठाउँसम्म कसरी भाइरसबाट सुरक्षित हुने भन्ने सूचनाहरू राखिएका छन् । आपतकालीन अवस्थाका लागि भनेर मास्क र औषधिको जोहो शुरू भएको छ । धेरै देशले सीमामा कडाइ गर्दै गएका छन् । यो अब विश्वकै आपतकालका रूपमा विकास हुँदै छ ।

    चीनसँग सीमा जोडिएको देश हुनुले अन्यभन्दा हामी अझ बढ़ी रिस्क जोनमा छौं । हामीसँग रोकथाम र लड्ने पूर्वाधार पनि कम छ । हामीसँग भरपर्दो प्रयोगशाला पनि ज्यादै न्यून छन् । यस्तो गम्भीर समय र विषयमा नेपाल कोरोनामुक्त देश भएकाले भ्रमण गर्नुहोस् भन्ने विज्ञापन चीनलगायतका विदेशी मिडियामा देखाउनु जस्तो असंवेदनशील र अनुत्पादक काम के होला र ? यसले देशको छविलाई एउटा मजाक बनाउनुबाहेक थप के गर्ला र ? युवा भनिएका र आश गरिएका तपाईंजस्ता मन्त्रीको भिजन यस्तो नहुनुपर्ने हो ।

    नेपालमा आजसम्म सङ्क्रमण नदेखिनु राम्रो हो । यसको अर्थ हामी सङ्क्रमणको जोखिमबाट मुक्त छौं भन्ने होइन । त्यसै पनि हामी हाम्रो प्रविधि, पौरख या शक्तिले कोरोनामुक्त भएका होइनौं । हामी सङ्क्रमणमुक्त छौं, त्यसैले घुम्न आऊ भन्नु त यो समस्यासँग जुधिरहेका देशहरूलाई गिज्याउनुजस्तै हो । योगेशजी, पर्यटन, व्यापार या उद्योगभन्दा पहिले जनस्वास्थ्य आउँछ । आज हामी कोरोनामुक्त छौं भनेर प्रचार गर्ने र भोलिपल्ट तिनै देशसँग कोरोनाविरुद्ध लड्न आर्थिक सहायता माग्नुपर्ने अवस्था आयो भने के होला ? एक हप्तामा हजार शैय्याको अस्पताल बनाउन सक्ने चीनमा त बेड नपाएर बिरामी मरेका खबर आउँछन्, हाम्रा हस्पिटलमा सङ्क्रमितलाई अलग्गै राख्न सक्ने साइड रूमहरू कति होलान् ? चीनका सङ्क्रमण नभएका विद्यार्थी लिन त नेपाली पाइलट जान मानेनन् भन्ने सुनियो । नजिकका गाउँलेले घर छाड़े । भोलि यो सङ्क्रमण अलिकति बढ्ने बित्तिकै नेपाली डाक्टर र नर्स डरले गर्दा घरै बसे भने के होला ? यस्तो नहोला, तर सरकारले त यस्तो सोचेर तयारी गर्नै पर्छ ।

    त्यसैले तत्कालका लागि पर्यटन वर्षका सबैखाले खर्चिला, भड्किला र असंवेदनशील विज्ञापन र कार्यक्रम स्थगित गरेर यो सम्भावित आपतकालसँग लड्ने पूर्वाधार विकासमा खर्च गर्न नागरिक सुझाब प्रस्तुत गर्दछु । भ्रमण वर्ष नै स्थगित गर्नु जरूरी छैन, तर नेपाल भित्रिने पर्यटकहरू सँगै सङ्क्रमण पनि नभित्रियोस् भन्नका लागि तपाईंको तदारुकता र सक्रियता जरूरी छ । देशले एक अर्ब कमाउनुभन्दा सम्भावित दुर्घटनाबाट एउटा ज्यान जोगाउन सक्नु तुलनै गर्न नमिल्ने गरी माथि हुन्छ र हुनुपर्छ ।

    – नारायण गाउँलेको फेसबुकबाट


    फाल्गुण १४, २०७६ बुधवार १०:१७:०० बजे : प्रकाशित


    तिमीले दिएको गुलाफ ओइलिसक्यो, चोट भने आलै छ

    फाल्गुण २

  • 4.1K
    SHARES
  • तिमीले दिएको गुलाफ ओइलिसक्यो, चोट भने आलै छ

    काठमाडौं । विश्वभर आज ‘भ्यालेन्टाइन डे’को उत्सव छ । आ–आफ्ना प्रेमी प्रेमिकालाई मात्रै होइन मन पराएकाहरुलाई गुलाफको फूल दिएर प्रेमिल शुभकामना साटासाट गरिरहेका छन् । तर, प्रिय, तिमीले दिएको गुलाफको फूल ओइली सकेको छ । त्यो फूललाई जोगाउन मलाई निकै हम्मेहम्मे परेको छ । म चहान्छु, तिमीले दिएको त्यो गुलाफको फूल तिमीलाई नै फिर्ता गर्न । तिमीले गुलाफको फूलसँगै दिएका प्रेममय शुभकामना उहिल्यै फिर्ता लग्यौ, अब ओइलिएको यो गुलाफको फूल लिन कहिले आउँछौ ? म हरेक भ्यालेन्टाइन डेमा तिम्रो बाटो हेरेर बसिरहेको छु र नआउन्जेल बसिरहने छु । 

    भ्यालेन्टाइन डेको भोलिपल्टबाट जसरी यसको चर्चा हुन छाड्छ, त्यसरी नै आज दिएका शुभकामनाहरु धमिल बन्दै जाने रहेछ, यो मेरो व्यक्तिगत अनुभव हो । पाँच वर्ष अघि तिमीले जीवनभर नछुट्टिने गरी गुलाफको फूलसहित दिएको प्रेमिल शुभकामनाहरु आजसम्म चोट बनेर मेरो जीवनमा दुखाइरहेको छ ।

    हरेक भ्यालेन्टाइन डेको दिन सम्झिरहन्छु, त्यो दिन, जुन दिन तिमीले मलाई गुलाफको फूल दिँदै चुम्बन गरेर भनेका थियौ– आइ लभ यू डार्लिङ, हामी कहिल्यै छुट्टिने छैनौँ, तिमीले धोका दिएनौ भने । मैले पनि जवाफ दिँदै भनेको थिएँ, सेम टू यू डियर, छुट्टिने कुरा म कल्पना पनि गर्न सक्दिनँ ।

    यसरी नै हाम्रो प्रेममय सम्बन्ध अघि बढिरह्यो । तिमीलाई थाहा छ, म तिमीलाई कति माया गर्थें । तिमीलाई नदेख्दा खाना खानसमेत सक्दिन थिएँ । तर, आज विवश छु, अतितको पीडामा हाँसेरै बाँच्नका लागि खाना खाने गरेका छु । बिर्सन चाहन्छु अतित, तर हरेक फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेले फेरि आलो बनाएर जान्छ । 

    प्रेम सम्बन्ध कायम भएको दुई वर्षमै तिमी कसरी मबाट अलप भयौ । तिमी आज कहाँ छौ ? तिम्रो अनुपस्थितिले मलाई कति गाह्रो भइरहेछ, त्यो कल्पनासमेत गर्न सक्दैनौ । जसलाई भविष्य देखेँ, उही आज मबाट हरायो वा खोसियो, कुनै औपचारिक खबर छैन । सुनेको छु, तिमी कसैको प्यारा भइसक्यौ रे ।

    यदी यो सत्य हो भने भन, ममा के कमि देख्यौ र ? मसँग किन ग¥यौ प्रेमको नाटक ? कसैको भावनामा खेलवाड गर्ने हिम्मत तिमीमा कहाँबाट आयो ? मलाई देखाएको तिम्रो शालिनता र हार्दिकताले यी सबै पत्याउन मलाई गाह्रो भइरहेको छ । तिमीलाई मन दुखाउने कुनै कार्य गरेको मलाई सम्झना छैन । तर, मेरो जीवनबाट एकाएक तिम्रो पहलायनले मलाई आजपर्यन्त पीडा बनेर बसिरहेको छ । 

    तर प्रिय, म आशावादी छु,  तिमी आउने छौ र भन्ने छौ, तिमीले सुनेका सबै गलत हुन्। भनिन्छ, आशा र विश्वासमा संसार अडिएको छ । सायद यसैले होला म पनि तिमी आउने आशमा आँशु पिएर बाँचिरहेको छु । जहाँ छौ मेरा प्रिय, फेरि पनि ह्याप्पी भ्यालेन्टाइन डे ।


    फाल्गुण २, २०७६ शुक्रवार १३:३९:०० बजे : प्रकाशित


    ललिता निवास प्रकरणमा माधव नेपालको भूमिका र यसकारण दोषी छैनन्

    माघ २५

  • 2.4K
    SHARES
  • ललिता निवास प्रकरणमा माधव नेपालको भूमिका र यसकारण दोषी छैनन्

    काठमाडौ । अख्तियार अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १७५ जनामाथि मुद्दा चलाए पश्चात अहिले सामाजिक संजालमा चर्को बहसको विषय बनेको छ । नेपाली कांग्रेसका शिर्ष नेता विजय कुमार गच्छेदार माथि मुद्दा चलाईयो तर नेकपाका शिर्ष नेताहरु माथि मुद्दा चलाईएन भन्दै सरकारको आलोचना भइरहेको बेला नेकपाका नेता विष्णु रिजालले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको भूमिका र दोषी नभएको कुरा स्पष्ट पारेका छन् । माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार रहेका विष्णु रिजालले माधव नेपाललाई जोगाउँदै स्पष्टिकरण दिएका छन् । 

    १. ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई जबर्जस्ती तान्ने कोसिस गरिएको छ । मन्त्रिपरिषद्को निर्णय प्रक्रिया, मौजुदा कानुनी प्रबन्ध र भएका निर्णयहरुलाई नकेलाएरै ‘सिफारिश गर्ने मन्त्री र कर्मचारी दोषी, निर्णय गर्ने प्रधानमन्त्री निर्दोष हुन्छ र ?’ भन्दै जनमतलाई भ्रमित पार्ने, विषयवस्तुलाई तोडमोड गर्ने र मूल मुद्दाबाट ध्यान अन्यत्रै मोड्ने कोसिस भएको छ ।

    २. सबभन्दा ध्यान दिनुपर्ने कुरा मन्त्रिपरिषद्को निर्णय प्रक्रिया हो, जहाँ प्रक्रियासम्मत रुपमा मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल हुन्छ । कुन विषयमा के गर्ने, कसरी त्यो निर्णय गर्नुपर्ने भयो भनेर सबै कुरा मन्त्रालयबाट तयार भएर मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने व्यहोरासमेत लेखेर मन्त्रिपरिषद्मा पठाइन्छ । त्यसक्रममा शाखा अधिकृतदेखि सचिव हुँदै मन्त्रीकोमा फाइल आइपुग्छ र मन्त्रीले मन्त्रिपरिषद्मा लैजाने गरी स्वीकृति प्रदान गरेपछि प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता हुन्छ । मुख्य सचिवले जाँचडताल गरेपछि मन्त्रिपरिषद्मा प्रस्ताव पेस हुन्छ र अधिकांश निर्णय ‘प्रस्तावमा लेखिएबमोजिम गर्ने’ भनेर हुन्छ । यही प्रक्रिया अपनाइने भएकाले मन्त्रिपरिषद्का निर्णयलाई नीतिगत भनिन्छ, जुन सामूहिक रुपमा हुन्छन्, प्रधानमन्त्री एक्लैले गर्ने होइन ।

    ३.मानिलिनूस्, कुनै मानिसले ढाँटेर नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा लोकसेवा दिएर सरकारी जागिर खायो र कालान्तरमा छानबिन हुँदा उसको प्रमाणपत्र नक्कली ठहर भयो । त्यस्तो अवस्थामा उसको प्रमाणपत्र खारेज हुन्छ, उसैमाथि कारवाही हुन्छ, न कि जागिर दिने लोकसेवा आयोग र तलब खुवाउने लेखाका कर्मचारीलाई । मन्त्रिपरिषद्को निर्णयका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

    ४. यति होल्डिंग्स्लाई गोकर्णको जग्गा लिजमा दिने निर्णय मन्त्रिपरिषद्बाट भएको छ । मानौँ, त्यसक्रममा जग्गाको मूल्यांकन र शुल्क निर्धारणमा कुनै कर्मचारीले केही काम कीर्ते गरेछ र ढाकछोप गरी प्रस्ताव तयार पारेको रहेछ, मन्त्रीले पनि सदर गरेर मन्त्रिपरिषद्मा पेस गरेछन् भने छानबिन हुँदा कारवाही ती कर्मचारी र मन्त्रीलाई हुन्छ कि मन्त्रिपरिषद्बाट निर्णय भएका आधारमा प्रधानमन्त्री केपी ओलीमाथि हुन्छ ? पक्कै पनि त्यसरी गलत गर्ने कर्मचारी र त्यसलाई प्रस्तावका रुपमा ल्याउने मन्त्रीमाथि हुन्छ ।

    ५. ललिता निवास प्रकरणमा पनि यही भएको हो । कुनै पनि प्रधानमन्त्रीले भर र विश्वास गर्ने आफू मातहतमा मन्त्रालय, विभाग, लोकसेवा उत्तीर्ण गरेर सरकारी सेवामा रहेका राष्ट्रसेवक कर्मचारी र शपथ खाएका मन्त्रीहरुमाथि नै हो । कुनै मन्त्रालयबाट प्रक्रिया र नियमसम्मत रुपमा प्रस्ताव आउँछ भने त्यसमा लुकेको बद्नियत थाहा पाउने अन्तरयामी प्रधानमन्त्री हुँदैन । र, त्यस्ता प्रस्तावहरु गलत रुपमा आएका रहेछन् भन्ने छानबिन गर्नमा मन्त्रिपरिषद्को निर्णयले बाधा पुर्याएको विल्कुल मानिँदैन । त्यही भएर ‘ललिता निवास प्रकरणमा कहीँ कतै गल्ती भएको छ भने छानबिन होस्’ भनेर तत्कालीन प्रधानमन्त्री नेपालले बारम्बार भनिरहनुभएको छ ।

    ६. मन्त्रिपरिषद्ले गर्ने निर्णयमा माथि उल्लिखित प्रक्रियाभन्दा फरक प्रक्रियाबाट कुनै प्रधानमन्त्रीले काम गरेको छ भने नजिर दिँदा हुन्छ । ललिता निवास प्रकरणमा कानुनसम्मत रुपमा प्रस्ताव आएपछि प्रधानमन्त्रीले ‘यो-यो जग्गाको कित्ता भिडाइ पाऊँ वा ५० बर्षदेखि यस जग्गाको किनबेच के कसरी भएको रहेछ ?’ भनेर मालपोत र नापी कार्यालय जाने कुरा आउँदैनथ्यो । प्राप्त कागजात हेरेर निर्णय गर्ने हो, त्यही भएको छ ।

    ७. प्रधानमन्त्री निवास विस्तारको योजना बनाएर प्रधानमन्त्रीले काम सुरु गर्न निर्देशन दिनुभन्दा पहिला नै भूमाफियाहरुले नक्कली मोही खडा गरिसकेका रहेछन् भन्ने कुरा अहिलेको छानबिनपछि मात्रै पत्ता लागेको हो । त्यसैले ‘जानीजानी त्यतिबेला नक्कली मोहीलाई जग्गा दिइयो’ भन्ने भनाइ दुराग्रहबाट प्रेरित, तथ्यविपरीत र बद्नाम गर्ने योजनाका साथ अघि आएको छ ।

    ८. माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले कुनै एकजना पनि नयाँ मोही खडा गरेको छैन, पहिले नै खडा गरिएका मोहीहरुका नाममा कानुन अनुसार जग्गा दिन स्वीकृति दिने नीतिगत निर्णय मात्र गरेको छ । माथि नै उल्लेख गरियो, ती मोही नक्कली रहेछन् भन्ने कुरा छानबिनपछि अहिले पत्ता लागेको हो, त्यतिबेला होइन । त्यसकारण उनीहरुलाई जग्गा दिइएको हो । यसमा अन्यथा अर्थ खोज्नु निरर्थक छ ।

    ९. माधवकुमार नेपाल प्रधानमन्त्री भएर वालुवाटार जाँदा प्रधानमन्त्री निवास असरल्ल थियो । ०४८ सालतिरै शिलान्यास भएको एउटा भवन वेवारिशे अवस्थामा लेउ लागेको थियो, सेनाको ब्यारेक जस्तापाता र बोराले बेरेको अवस्थामा थियो । ती भवन अघि बढाउनुका साथै प्रधानमन्त्री निवास विस्तार गर्ने, प्रधानन्यायाधीश र सभामुख निवासलाई जोड्ने गरी बाटो खोल्ने काम प्रधानमन्त्रीको योजना अनुसार अघि बढाइएको हो । त्यसबेला बनेका भवनमा अहिले प्रधानमन्त्रीको सचिवालय छ भने खोलिएको बाटो प्रयोग भइरहेको छ ।

    १०. माधवकुमार नेपालले मन्त्रिपरिषद्बाट निर्णय गराएर आफ्नो नाममा जग्गा नामसारी गरेको वा आफन्तलाई बाँडे जसरी प्रचार गरिएको छ । जग्गा त्यहीँ छ, बाटो बनाएको बेठीक छ भने पुरिदिए भइहाल्यो, भवन बनाएको बेठीक छ भने भत्काएर सेनालाई पहिले जस्तै जस्तापाता र बोराका घरमा सारे भयो ।

    ११. नेपाली कांग्रेसका नेताहरुलाई आफ्ना नेतामाथि भ्रष्टाचारको मुद्दा लागेको भन्दा पनि नेकपाका नेतामाथि मुद्दा नलागेकोमा चिन्ता देखिन्छ । आफू भ्रष्ट भयौँ, अरु भएनन् भन्नुभन्दा आफू भ्रष्ट नहुने सद्बुद्धि कांग्रेसका नेताहरुमा कहिले आउला ? जुन पार्टीका एकसे एक ‘शक्तिशाली’ नेता भ्रष्टाचारमा मुछिँदै आएको इतिहास छ, त्यस पार्टीका नेताहरुले अरुमाथि औँला उठाउनु हास्यास्पद र निर्लज्ज छ । ‘एक लज्जा परित्यज्यम्….’ भन्ने भनाइ कांग्रेसका नेताहरुका हकमा पूरै लागू हुन्छ । चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, जयप्रकाश गुप्ता र गोविन्दराज जोशी जस्ता ‘होनहार’ नेताहरुमाथि मुद्दा लाग्दा नै कांग्रेस निर्लज्ज र निर्वस्त्र भइसकेकाले होला, अहिले लोकले के भन्ला भन्ने अलिकति पनि ख्याल नगरेर बकबासमा उत्रिएको छ ।

    १२. माधवकुमार नेपाल मुलुकको राजानीतिका एक निष्कलंक, स्वच्छ र पारदर्शी नेता हुनुहुन्छ । उहाँको बसोबास, रहनसहन र जीवनशैली हेर्दा पनि धेरै कुरा थाहा पाउन सकिन्छ । अरु केही नपाएपछि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आधार बनाएर त्यसमा मुछ्न सकिन्छ कि भन्ने प्रयास विफल भएको छ । छानबिन गराउनका लागि जस्ता पात्र छानियो र जसरी बद्नियतपूर्वक प्रतिवेदन तयार पारियो, त्यसक्रममा भएका घटनाक्रमहरु जानकारीभन्दा बाहिर छैनन् । माधव नेपाल प्रधानमन्त्री हुँदा भनेको ठाउँमा बस्न नपाउँदाको रिस साँध्न होस् वा अख्तियारमा नियुक्तिका लागि रिझाउन होस्, दुरासयपूर्ण आदेश तामेली र प्रतिशोध लिने भित्र तथा बाहिरका घृणित कामले यसपटक सफलता पाउन सकेन । सुनको परख आगोमै हुन्छ । कमरेड माधव नेपालका हकमा पनि यही साबित भएको छ ।


    माघ २५, २०७६ शनिवार १९:२४:०० बजे : प्रकाशित