मंगलबार
२५ चैत
२०७६

दुबईमा एक नेपाली युवाको मृत्यु

सोमबार माघ १३, २०७६/ Monday 01-27-20

काठमाडौं - दुबईमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ५ बबरपुरका ३५ वर्षीय सोमराज वली रहेका छन् । उनको दुबईमा एक भवनको निर्माण कार्यमा लडेर मृत्यु भएको हो । 


काम गर्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको आइतबार उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनी २ वर्ष पहिले रोजगारीको लागी दुबई पुगेका थिए ।