आइतबार
२३ चैत
२०७६

अष्ट्रियामा एक नेपालीको मृत्यु 

बुधबार माघ १५, २०७६/ Wednesday 01-29-20

काठमाडौं - अष्ट्रियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्यार्थी संघकी पूर्व नेतृ पार्वती अधिकारी रहेकी छिन् । काठमाडौंको स्वयम्भूमा घर भएकी अधिकारीको क्यान्सरका कारण मृत्यु भएको हो । 


उनी अष्ट्रियामा श्रीमान् र दुई छोरासँग बस्दै आएकी थिइन् । पारिवारिक स्रोतका अनुसार उनको अष्ट्रियामा नै माघ १७ गते अन्त्यष्टि गरिने बताइएको छ ।