मंगलबार
६ फाल्गुण
२०७६

सुगम पोखरेलको रोमान्टिक गितमा मनोज र बिन्दुको रोमान्स

बुधबार माघ १५, २०७६/ Wednesday 01-29-20

काठमाडौ ।  चर्चित गायक सुगम पोखरेलको आवाजमा रहेको "लाखौमा एक तिमि ,,," बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ । 

यस अघि "आफु भन्दा जेठी'.." बोलको गीत बाट शब्द र अभिनयमा राम्रो नाम बनाएको सिग्देलको यो संगीतमा रहेको गीतले पनि नेपाली सांगीतिक बजारमा राम्रो नाम कमाउनेमा उनि ढुक्क रहेका छन् । गायक सुगम पोखरेलको आवाज रहेको यस गीत गायक पोखरेलको पनि सोलो गीत धेरै पछी आएको  हो । "यस गीत बाट मैले निकै राम्रो आशा गरेको छु . मेरा सोलो गीतहरु प्राए सबै जसो हिट छन् यस बाट पनि म ढुक्क  छु" गायक पोखरेलले भने । गीतलाई गोपाल रशाईलिले एरेन्ज गरेका हुन ।