मंगलबार
६ फाल्गुण
२०७६

कोरोना भाईरस : संक्रमणभन्दा चिन्ता धेरै

मंगलबार माघ २१, २०७६/ Tuesday 02-04-20

काठमाडौ । कोरोनाभाइरस अहिले विश्वभर संकट सृजना गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म तीन सय बढि मानिसको मृत्यु भैसकेको छ भने हजारौं मानिसहरु संक्रमित भैसकेका छन्।

यहि कोरोना भाईरसका बारेमा डाक्टर रवीन्द्र पाण्डेले केहि तथ्यहरु प्रस्तुत गरेका छन्:

- सबा अरब जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो | कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् |

- कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ |

- कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ | यसको मृत्यु डर १- २ % मात्र छ |

- यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ |

- यो भाइरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ |

- कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरु चिन्ताग्रस्त छन् |

- कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महशुष जस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ |

- हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् | कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ |

- हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ | मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा – कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने – खाने आदि |

- कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने | साबुन पानीले हात धोएर मात्र खाना खाने |

यो पनि पढ्नुहोस: बालुवाटारको सारंगी साँझमा प्रधानमन्त्री ओलीले बजाए बाँसुरी, झलनाथ - नेपालले रेटे सारंगी