• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

भूकम्प गएकै दिन वैशाख १२ गते रानीपोखरीको उद्घाटन गर्ने तयारी (फाेटाेफिचर)

माघ २१ २०७६
  • 1.3K
    SHARES
  • भूकम्प गएकै दिन वैशाख १२ गते रानीपोखरीको उद्घाटन गर्ने तयारी (फाेटाेफिचर)

    काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण भइरहेको ऐतिहासिक रानीपोखरीको आउँदो वैशाख १२ गते उद्घाटन गर्ने तयारी भइरहेको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले रानीपोखरीसहित मुलुकका ऐतिहासिक धरोहरमा ठूलो क्षति पुगेको थियो । जसको अहिले पुनर्निर्माण कार्य भइरहेको छ भने केहीको सम्पन्न भइसकेको छ । 

    \"\"

    यसैक्रममा ३ सय ५० वर्षभन्दा बढीको इतिहास बोकेको रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरेर भूकम्प गएकै दिन वैशाख १२ गते उद्घाटन गर्ने तयारी भइरहेको छ । जसका लागि हाल पुनर्निर्माणको कार्यलाई तीव्रता दिइएको छ । 

    \"\"

    राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार रानिपोखरीको काम अहिले ६० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । काठमाडौं महानगरकाअनुसार मल्लकालीन शैलीमा निर्माण भइरहेको रानीपोखरी पुनः निर्माण भइसक्दा करिव १५ करोड रुपैयाँ खर्च हुनेछ ।

    \"\"

    प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन भन्दै विक्रम संवत्  १७२७ मा दुई वर्ष लगाएर रानीपोखरी निर्माण गरिएको इतिहासकारहरु बताउँछन् । 
     

    \"\"\"\"\"\"\"\"


    माघ २१, २०७६ मंगलवार १०:१८:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    भिन्न मुड- भिन्न स्टाइलमा नाजिर (फोटो फिचर)

  • 88
    SHARES
  • भिन्न मुड- भिन्न स्टाइलमा नाजिर (फोटो फिचर)

    रंगमंच हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता नाजिर हुसैनले आफ्नो अभिनय क्षमताका कारण नै आफ्नो बलियो उपस्थिति जनाउन सफल भैसकेका छन्।  सेकेन्ड लिड अभिनेताको रुपमा आफ्नो दरिलो उपस्थिति जनाएका नाजिर पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै व्यस्त रहेका छन्।

    najir3.jpg

    najir4.jpg

    najir1.jpg

     

     

     

    सफल म्युजिक भिडियोमा देखिदै आएका नाजिर अभिनित पछिल्लो भिडियो 'डुप्लिकेट माया' ले पनि राम्रो सफलता हासिल गरिरहेको छ।  'होस्टेल रिटन्स  , वीर विक्रम , 'वीर विक्रम २' , 'जंगे'  लगायतका चलचित्रमा  नाजिरले अभिनय गरेका छन्।  

    najir7.jpg

    najir5.jpg

    najir6.jpg


    श्रावण २८, २०७७ बुधवार १७:०६:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नाजिर हुसैन

  • क्यानाडानेपाल डेस्क

    सांगीतिक दम्पत्ति अर्जुन र दुर्गा (फोटो र भिडियो)

    Canada Nepal

    श्रावण २३

  • 290
    SHARES
  • सांगीतिक दम्पत्ति अर्जुन र दुर्गा (फोटो र भिडियो)

    संगीतकार अर्जुन पोख्रेल र गायिका दुर्गा खरेलले लकडाउनको समयमा विवाह गरेका थिए।  लामो चिनजानलाई यी दुवैले विवाहको रुप दिएका थिए।  साथीको सम्बन्धलाई  पारिवारिक सहमतिमा यी दुवैले विवाह गरेका थिए।

     अर्जुन-दुर्गाले हामिसंगको कुराकानीमा आफ्नो व्यक्तिगत जीवनका धेरै रमाईला किस्सा खोलेका छन्।


    श्रावण २३, २०७७ शुक्रवार १८:३४:०७ बजे : प्रकाशित

    निषेधाज्ञापछि यस्तो देखियो जनकपुर (फोटोफिचर)

    Canada Nepal

    श्रावण २०

  • 302
    SHARES
  • निषेधाज्ञापछि यस्तो देखियो जनकपुर (फोटोफिचर)

    जनकपुर । मुलुकभर कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को धनुषास्थित जनकपुर उपमहानगरपालिकामा सोमबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएपछि मंगलबार बिहानैदेखि सहर सुनसान बनेको छ ।

    काेरोना संक्रमण जोखि नियन्त्रणका लागि गरिएको एक साता निषेधाज्ञाका कारण उपमहानगरपालिका भित्र बजार पूर्णरुपमा बन्द भएको छ । तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउने स्थानीय प्रशासनले जनाएको छ ।

    अत्यावश्यकीय सेवाका पसल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छैन । रामानन्द चोक, विद्यापति चोक, क्याम्पस चोक, भानुचोक, शिव चोक, जनक चोकलगायतका जनकपुरको प्रमुख चोकहरु सुनसान छन् । सुरक्षाकर्मीले सुरक्षा जेकजाँचमा कडा बनाएका छन् । 

    bhanu chowk.jpg

    bidyapati chowk.jpg

    campus chowk.jpg

    तस्बिर : घनश्याम मिश्र
     


    श्रावण २०, २०७७ मंगलवार ०५:५२:०० बजे : प्रकाशित

    मन्दिरमा मास्क दिँदै रक्षाबन्धन लगाइदिँदै (फोटोफिचर)

    बिकाश बखुन्छेँ

    श्रावण १९

  • 334
    SHARES
  • मन्दिरमा मास्क दिँदै रक्षाबन्धन लगाइदिँदै (फोटोफिचर)

    काठमाडौं । हिन्दुधर्मावलम्बीहरुले आज धुमधामका साथ जनै पूर्णिमा मनाइरहेका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

    पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । यसैक्रममा भक्तपुरमा मन्दिरमा पुगेरै रक्षाबन्धन लगाएका छन् ।

    मास्क नलगाइ आएकाहरुलाई मास्क दिइएको देखिन्थ्यो भने स्यानिटाइजरको प्रयोग पनि गराइएको छ । लाइनलाई व्यवस्थित गराएर दर्शन गर्ने र रक्षाबन्धन लगाउने गरी व्यवस्था गरिएको थियो । सुरक्षाकर्मी, मन्दिर र स्काउटका स्वयंसेवकले लाइनलाई व्यवस्थित गराउने, मास्क लगाएको नलगाएको हेर्ने, मास्क नलगाएकालाई मास्क दिने कार्य गरेका थिए ।

    janai1.jpg

    janai2.jpg

    janai3.jpg

    janai4.jpg

    janai5.jpg

    janai6.jpg

    janai9.jpg


    श्रावण १९, २०७७ सोमवार ०७:२१:०० बजे : प्रकाशित


    बिकाश बखुन्छेँ

    लकडाउन खुलेको दोस्रो दिन : ट्राफिक जाम कोटेश्वरबाट काैशलटारसम्म पुग्यो (फोटोफिचर)

  • 536
    SHARES
  • लकडाउन खुलेको दोस्रो दिन : ट्राफिक जाम कोटेश्वरबाट काैशलटारसम्म पुग्यो (फोटोफिचर)

    काठमाडौं ।  सरकारले लकडाउन हटाएसँगै काठमाडौं उपत्यका सवारी जाम हुन थालेको छ । गत चैत ११ गतेबाट लगाएको लकडाउन साउन ६ गते मंगलबार मध्यरातिबाट हटाएसँगै काठमाडौं उपत्यकामा सवारी जाम हुन थालेको हो । 

    साथै सरकारले लकडाउन हटाउने निर्णय सार्वजनिक गर्नुअघि सबै सार्वजनिक यातायात व्यवसायी संगठनहरुले साउन ८ गते बिहीबारबाट सवारी साधन सञ्चालनमा ल्याउने बताएका थिए । उनीहरुको सो निर्णय र सरकारले लकडाउन हटाएपछि बिहीबार काठमाडौं उपत्यकाका विभिन्न मुख्य चौकहरुमा सवारी साधनको चाप बढेको छ । 

    यस्तै मध्येको एक कोटेश्वरको जाम पनि बढेको छ । केही दिनयता सवारी चाप व्यहोरेको कोटेश्वर, जडिबुटी क्षेत्रमा बिहीबार झनै सवारी जाम बढेको हो । बिहीबार बिहान कार्यालय समयमा कोटेश्वरको सवारी जाम भक्तपुरको कौशलटारसम्म पुगेको छ । 

    jaam1.jpg

    jaam2.jpg

    jaam3.jpg

    jaam4.jpg

    jaam5.jpg

    jaam6.jpg


    श्रावण ८, २०७७ बिहिवार ०६:३९:०० बजे : प्रकाशित


    बिकाश बखुन्छेँ

    काठमाडौंमा भीषण वर्षा, डुवानको खतरा (फाेटाेफिचर)

  • 534
    SHARES
  • काठमाडौंमा भीषण वर्षा, डुवानको खतरा (फाेटाेफिचर)

    काठमाडौं । सोमबार बिहानैदेखि काठमाडौंमा भीषण वर्षा भएको छ । बिहानदेखि झरी परिरहे पनि ११ बजेयता भीषण वर्षा भइरहेको छ । अविरल वर्षासँगै काठमाडौंका सडकहरूमा पानी भरिएकाले सानोतिनो खोला जस्तै बनेको छ । भीषण वर्षापछि मानिसहरू सडकमा निस्कन सकेका छैनन् । सडक प्रायः सुनसान छ ।

    जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरका नदीको बहाव बढ्ने प्रक्षेपण गर्दै सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडांैमा एक घन्टामात्र भीषण वर्षा भए धेरै ठाउँमा डुवान पर्ने देखिन्छ । सोमबार बिहान मात्रै काठमाडौंको कागेश्वरी मनोहरमा गएको पहिरोले एकजनाको मृत्यु भएको छ ।

    PAMI4.jpg

    PANI.jpg

    PANI2.jpg

    PANI3.jpg


    श्रावण ५, २०७७ सोमवार ०६:२७:०० बजे : प्रकाशित


    बिकाश बखुन्छेँ

    ताजा खबर