सोमबार
२७ असोज
२०७६

पहिलोचोटी दशैँमा ससुराली जादा लजाए बल्छी धुर्वे, सम्झेर मरिमरि हासे जोडी (भिडियो)

बिहीबार असोज ९, २०७६/ Thursday 09-26-19

काठमाडौं – हास्यव्यङग्य क्षेत्रका चर्चित कलाकार हुन् मरिचमान श्रेष्ठ उर्फ बल्छी धुव्रे । टेलिसिरियल ‘जिरे खुर्सानी’ बाट कलाकारिता क्षेत्रमा पाइला चालेका उनले मिडिया हबबाट प्रसारित टेलिसिरियल ‘मेरी बास्सै’ मा पनि अभिनय गरे । मेरी बास्सै बाट नै बल्छी धुव्रेको नाम कमाएका उनले मिडिया हबसँगको विवादका कारण मेरी बास्सै पनि छाडे । आफ्नो अभिनय बाटै धेरै दर्शकलाई प्रभाब पारेका उनले पछिल्लो समय भने  फुटसलमा लागेका छन् ।

उनले हाल फुटसल बिजनेस चलाइरहेका छन् । उनी अहिले फुटसल बिजनेस सँगसँगै नयाँ टेलिसिरियल हल्का रमाइलो मा पनि अभिनय गरिरहेका छन् । उनको बल्छी धुव्रे नामक फुटसल वनस्थली खरीबोटमा रहेको छ । यसैबिच हामि वनस्थली स्थीत उनको फुटसलमा पुगेका छौ । फुटसलमा बल्छी धुव्रे लगायत धेरै कलाकारहरुलाई पनि भेटिएको छ । हामि त्यहाँ पुग्दा बल्छी धुव्रे, राजु मास्टर लगायतका कलाकार खेलिरहेका थिए ।

यसैक्रममा बल्छी धुव्रे र उनकी श्रीमतीले आफ्नो दशैंको योजना बारे हामिलाई बताएका छन् । उनले कुराकानीमा आफुले दशैँमा गाउँमा गरेको रमाइलोबारे बताए । बल्छी धुव्रेले आफु पहिलो चोटी ससुराली जादा निकै लाज लागेको बताए । हेर्नुहोस् हास्यकलाकार बल्छी धुव्रे र उनकी श्रीमतीसँग हामीले गरेको यो रमाइलो कुराकानीको भिडियो