सोमबार
२४ चैत
२०७६

घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

मंगलबार माघ २८, २०७६/ Tuesday 02-11-20

काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाले घटेको छ । सोमबार प्रतितोला ७६ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाले घटेर प्रतितोला ७५ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थीर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।