• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७६ माघ २९ गते बुधवारको राशिफल

माघ २९ २०७६
  • 2.0K
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७६ माघ २९ गते बुधवारको राशिफल

    आज २०७६ साल माघ २९ गते बुधवार, तदअनुसार फेब्रुअरी १२, २०२०, आजको महावाणी, पुस्तक मात्र एउटा त्यस्तो उपहार हो जसलाई तपाईं बारम्बार खोल्न सक्नुहुन्छ र हरेक पटक खोल्दा केहि सिक्न सक्नुहुन्छ। -गैरीसन कीलर

    तपाइको आज, मेष - छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    वृष - आज कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पुरानो रोकिएको धन हातापनि पर्न सक्छ ।

    मिथुन - जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । व्यवसायमा मन्दी आउनेछ ।

    कर्कट - आजको दिन मध्यम छ, चोरबाट भय रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा चाहीं हुन सक्छ ।

    सिंह - धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन ।

    कन्या - एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योगपनि रहेको छ ।

    तुला - ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ ।

    वृश्चिक - राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । वाहन लाभको योग छ ।

    धनु - अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

    मकर - सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । रमाइलो यात्रापनि हुनेछ ।

    कुम्भ - दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

    मीन - सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।- ज्यो.प. नारायणप्रसाद दुलाल


    माघ २९, २०७६ बुधवार ०१:४७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    ‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा, के हो स्विफ्ट टटल ?

  • 150
    SHARES
  • ‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा, के हो स्विफ्ट टटल ?

    काठमाडौं - ‘स्विफ्ट टटल’ नामक पुच्छे«ताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उहाँले सुनाउनुभयो ।

    ‘स्विफ्ट टटल’ ले सूर्यको एकपटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजीक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्छ । “जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छे«तारा उक्त कक्षको नजीक आइपुग्छ, तब ती धुलोका कण  र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसैलाई उल्का वर्षा भनिन्छ, उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ”, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको नेपाल प्रतिनिधिसमेत रहनुभएका अध्यक्ष भट्टराईले भन्नुभयो ।

    उल्का वर्षा स्थानीय समयअनुसार आज राति १०ः३० देखि बिहीबार बिहान ५ बजेसम्म देख्न सकिने जनाइएको छ । अत्यधिक मात्रामा भने बिहीबार बिहान ३ देखि ४ बजेसम्म देख्न सकिनेछ । यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाको गति प्रतिसेकेन्ड ६० किमीसम्म हुने भएकाले करीब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

    यस वर्ष जुलाई १७ देखि अगस्ट २६ तारिखसम्म सक्रिय उल्का वर्षा हुनेछ । अत्यधिक उल्का वर्षा हुने अगस्ट १२ रातिदेखि अगस्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् । यसका लागि आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहनुपर्छ ।

    के हो स्विफ्ट टटल?
    स्विफ्ट टटल सन् १८६२ जुलाईमा अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट  (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगाइएको पुच्छे«तारा हो । सन् १९९२ म सूर्यको नजीक आएको यो पुच्छे«तारा अब सन् २१२५ मा मात्र नजीक आउने सोसाइटीले जनाएको छ । हाल यो पुच्छे«तारा पृथ्वीको नजीक छैन । यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई उल्का वर्षा भनिएको हो ।रासस

    ulka.jpg

     


    श्रावण २८, २०७७ बुधवार २०:४०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुच्छ्रेतारा
  • # उल्का वर्षा

  • क्यानाडानेपाल डेस्क

    यी ५ राशि हुनेहरुका लागि फेरि दोहोरियो शनिको साढेसाती र अढैया दशा

    यी ५ राशि हुनेहरुका लागि फेरि दोहोरियो शनिको साढेसाती र अढैया दशा

    काठमाडौं ।  १७२ दिनपछि श्रावण २१ गते बुधबारदेखि वक्री हुँदै शनि पुनः धनुराशिमा प्रवेश गरेका छन् । यसअघि २०७६ साल फागुन ४ गतेदेखि धनुराशिलाई छोडेर आफ्नै घर मकरमा गोचर गरिरहेका शनिग्रह धनुराशिमा आउनुलाई महत्त्वका साथ हेरिरहेको छ । 

    कार्तिक ३० गतेसम्म शनि देवगुरु बृहस्पतिको राशि धनुमा गोचर गर्नेछन्  । यो समयमा शनिको सम्बन्ध देवगुरु बृहस्पति र केतुसँग पनि हुने हुँदा यसलाई विशेष रुपमा हेरिएको छ । 

    २०७६ साल फागुन ४ देखि समाप्त भइसकेका वृष, कन्या र वृश्चिक राशिहुनेहरुका लागि पुनः अढैया र साढेसातिको दशा कार्तिक ३० गतेसम्म चल्ने छ । यो अवधिभर यी राशिहुनेहरुले विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ । 

    श्रावण २१ पछि मिथुन, तुला तथा कुम्भ राशिहरुको अढैया र साढेसातिको दशा कार्तिक ३० सम्मका लागि समाप्ति हुँदैछ । बाँकी धनु र मकर राशिहरुका लागि भने साढेसाति यथावत् रहनेछ ।

    वृष, कन्या राशिका मानिसहरुका लागि शनिको अढैया दशा सुरु हुने छ भने वृश्चिक, धनु र मकर राशिहुनेहरुका लागि साढे सातिको दशा रहिरहने छ । यो कार्तिक ३० सम्म शनि धनुराशिमा हुँदासम्म रहिरहने छ र शनिको राशि परिवर्तन हुँदा राशिहरुमा हुने दशाहरु पनि परिवर्तन हुँदै जानेछ ।

    हामी मानिस दुईवटा ठूला शक्तिकोबीचमा छौं । पहिला ब्रह्माण्डीय शक्ति जसमा ग्रह राशि तथा नक्षत्रहरुको प्रभाव नित्यरुपमा परिरहेको हुन्छ, अर्को जमिनबाट आउने भूचुम्बकीय तरङ्ग । यी दुईवटा शक्तिकोबीचमा रहेर हामीले दैनिक संङ्घर्स गरिरहेका हुन्छौं । 

    कसैलाई थोरै मेहनत गरे पनि राम्रो परिणाम प्राप्त भइरहेको हुन्छ भने कसैले कडा परिश्रम गर्दा खेरिपनि सोचेअनुसार भइरहेको हुँदैन । यदि कर्म मात्रै गरेर सफल हुने हो भने काम गरेका जति सबै जना सुखी तथा आनन्द तरिकाले जीवन बिताउनु पर्थो।

    मानिस सुखी या दुःखित यसको परिणाम उसले गर्ने कर्ममा निर्भर रहन्छ । आफूले कस्तो कर्म गरिएको छ त्यसको फल समयअनुसार भोग्दै जानु पर्दछ । कर्मफलदाता शनि शास्त्रमा शनिका बारेमा लेखिएका थुप्रै ग्रन्थहरु छन् जसमा शनिलाई न्याधीशका रुपमा व्याख्या गरिएको छ ।

    शनिको रुप कालो छ, न्यायाधीशको उपाधिका कारणले कहिले पनि शनिले मानिसलाई धोका दिँदैन त्यहि भएर पनि हरेक न्यायालयमा कालो कोट र तराजु राखिएको हो, न्यायको लागि । शनिले राम्रो तथा नराम्रो कामको परिणम तुरुन्तै दिने हुनाले मानिसले शनिको बारेमा धेरै चासो राख्ने गरेको हो । नवग्रहहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो । हरेक मानिसले कति दुःख कष्ट भोग्नु पर्छ भन्ने शनिको दशाबाट निर्धारण हुन्छ ।

    नवग्रहमध्ये सबैभन्दा ढिला हिँड्ने ग्रहका रुपमा शनिलाई लिने गरिएको छ । त्यही भएर शनि ग्रहको दशा लामो समयसम्म चलिरहन्छ ।  यदि अढैया तथा साढेसाति शनिको दशा चलेका राशिहरुमा पनि शनिग्रह जन्मलग्न कुण्डलीमा स्नगृही, मित्रगृहि, उच्च राशि र ३,६,११ स्थानमा शनि भएकाहरुलाई भने शनिले राम्रो फल दिने छ । यस्ता व्यक्तिहरुका लागि शनिदेबले शुभ प्रधान गर्ने छन् । 

    शनि खराब अवस्थामा रहेका हरुलाई शनिको दशामा झुट्टा आरोप लाग्ने आलस्य तथा मानसिक चिन्ता बढ्ने, काममा ढिलासुस्ती, चोटपटकको योग, सन्तिच धनको नाश गराउने जस्ता नकरात्मक फल साढेसाती तथा अढैया दशा भएको बेला प्रभाव पर्ने छ । 

    अनिष्ट फलबाट बच्नका लागि देवीको पूजा स्त्रीहरुको सम्मान शनिको दान पिपलमा जल चढाउने शनिस्तोस्त्रको पाठगराउने  या गर्ने जस्ता उपाए अपनाएमा केहि अशुभ फल कम हुने ज्यातिषीहरुले जानकारी गराएका छन् ।

    (लेखक सुरेश चन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् । उनलाई ९८५१०६११२४ मा सम्पर्क गर्न सकिन्छ ।)


    श्रावण २८, २०७७ बुधवार १६:४८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साढेसाती र अढैया दशा
  • # राशि

  • ज्यो. सुरेश चन्द्र रिजाल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७६ साउन २८ गते बुधबारको राशिफल

  • 250
    SHARES
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७६ साउन २८ गते बुधबारको राशिफल

    मेष राशि- नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

    बृष राशि - नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

    मिथुन राशि - परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

    कर्कट राशि - अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

    सिंह राशि - भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

    कन्या राशि - मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

    तुला राशि - शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

    बृश्चिक राशि - पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

    धनु राशि - प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

    मकर राशि- तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

    कुम्भ राशि - सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मीन राशि - तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।


    श्रावण २८, २०७७ बुधवार ०७:०३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    अत्यन्तै शुभयोगको निर्माण हुँदै, साधना गर्नेहरुका लागि आज ‘दुर्लभ रात’

    अत्यन्तै शुभयोगको निर्माण हुँदै, साधना गर्नेहरुका लागि आज ‘दुर्लभ रात’

    काठमाडौं । विभिन्न समयमा फरक फरक रुपमा भगवानको अवतार पृथ्वीमा भएको प्रमाणहरु प्रसस्तै छन् । जन्म तिथिकै आधारमा हामीले भगवानको जन्मदिन धुमघाम मनाउने गरेका छौँ । 

    यसै अनुरुप भाद्र कृष्ण अष्टमीमा भगवान श्रीकृष्णको जन्मोत्सव पर्व मनाउँदै आएका छाैँ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका रचियता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भएको हो । वैदिक पञ्चाङ्गअनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्तदिनलाई श्रीकृष्ण जन्माष्टमीका रुपमा पूजा, आरधना तथा व्रत बसेर मनाउने परम्परा रहिआएको छ । 

    यसैकारणले जन्माष्टमीको रातलाई मोहरात्रीका रुपमा पनि पूजा गर्ने विधान रहिआएको छ । वर्षमा चार रात्रीको अत्यन्तै महत्व रहने गरेको छ, जस्तै बडा दशैमा पर्ने कालरात्री, लक्ष्मीपूजाको रात्रीलाई सुख रात्री, त्यस्तै शिवरात्री र श्रीकृष्ण जन्माष्टमीको रात्रीलाई मोहरात्रीको विशेष महत्व रहने गरेको शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा कृष्णलाई कालिको रुपमा व्याख्या गरिएकाले साधनाका लागि अत्यन्तै शुभ रहने पनि उल्लेख गरिएको छ । 

    वैदिक विधिअनुसार आजको दिन दिनभर व्रत बसेर रातको मध्याह्न समयमा भगवान श्रीकृष्णको वैदिक विधिअनुसार पुजागरेर रात्रीमा जागा बसेमा समस्त मनोकामना पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ । आज मंगलबार अष्टमीको संयोगमा जन्माष्टमी पर्व परेकाले विशेष महत्वका साथ हेरिरहेको छ । 

    भौमाष्टमीको दिन भएकाले पाठ,पुजा,दान तथा व्रतवस्नका लागि अत्यन्तै शुभ रहनेउल्लेख गरिएको छ । अष्टमीका दिन मंगलबा परेको समयमा मध्यराति विधिबत् पूजा उपासना गरेमा हरेक प्रकारका कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो समयमा विशेष प्रकारको देवीको यन्त्र साधना गरेमा अनन्त गुणाफल मिल्नेपनि उल्लेख गरिएको छ । 

    (लेखक रिजाल ज्योतिष तथा वास्तुविद् हुन । उनी दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन् । उनको सम्पर्क ९८५१०६११२४ र ईमेल [email protected])


    श्रावण २७, २०७७ मंगलवार १७:१६:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्लभ रात
  • # श्रीकृष्ण जन्माष्टमी

  • ज्यो. सुरेश चन्द्र रिजाल

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल साउन २७ गते मंगलबारको राशिफल

  • 346
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल साउन २७ गते मंगलबारको राशिफल

    मेष राशि - सामान्यकार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । नयाँ मित्रहरुको प्राप्तीले तथा साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अधुरा कार्यहरु सम्पादन गर्न मातृपक्षको साथ सहयोग आवश्यक रहनेछ । नयाँ लगानिमा भने बिशेष साबधानी अपानाउनु उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधारको योग रहेकोछ ।

    बृष राशि - नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

    मिथुन राशि - नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

    कर्कट राशि - शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

    सिंह राशि - मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

    कन्या राशि - सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

    तुला राशि - भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

    बृश्चिक राशि - स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

    धनु राशि - प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

    मकर राशि - नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

    कुम्भ राशि - निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

    मीन राशि - नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।ज्यो.प.सरोज घिमिरे


    श्रावण २७, २०७७ मंगलवार ०७:३२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गणेश भगवान
  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

  • 526
    SHARES
  • आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

    काठमाडौँ- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

    यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

    कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

    जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाभाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

    यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।रासस 


    श्रावण २७, २०७७ मंगलवार ०७:०६:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # श्रीकृष्ण जन्माष्टमी

  • क्यानाडानेपाल डेस्क

    ताजा खबर