सोमबार
२४ चैत
२०७६

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

बुधबार माघ २९, २०७६/ Wednesday 02-12-20

काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । मंगलबार १०० रुपैयाले घटेको सुनको मूल्य आज पनि २०० रुपैयाले घटेको हो । मंगलबार प्रतितोला ७५ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाले घटेर प्रतितोला ७५ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाले घटेर प्रतितोला ८ सय ७५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।