सोमबार
२४ चैत
२०७६

घट्यो प्याजको मूल्य, किलोको कति पुग्यो ?

बुधबार माघ २९, २०७६/ Wednesday 02-12-20

काठमाडौं - नेपाली बजारमा प्याजको खुद्रा मूल्य घटेको छ । केहि समय अगाडि बढेको प्याजको मूल्य विस्तारै घट्दै गइरहेको छ । कालिमाटी तरकारी तथा फलफूल बजारका अनुसार अहिले प्याजको खुद्रा मूल्य किलोको ९० रुपैया पुगेको छ । 


केहि दिन अघि २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य आइतबार घटेको हो । भारतबाट प्याज आउन थालेपछि मूल्य बिस्तारै घट्दै गएको हो । नेपालमा ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आयत हुने गर्छ । भारतबाट प्याज हाउन थालेपछि र प्याजको सिजन पनि सुरु हुँदा मूल्य घटेको हो ।