Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंककमा न्यारोबडीका चार वटै पांग्रा पड्किएकोबारे अध्ययन गर्न बन्यो छानविन समिति

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - थाइल्याण्डको बैंककमा यही अप्रिल १ मा नेपालको न्यरो बडी जहाजको चार वटै पांग्रा पड्किएकोबारे अध्ययन गर्न सात सदस्यीय छानविन उपसमिति गठन गरिएको छ । निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार निगम व्यवस्थापनले क्वालिटी एसुरेन्स डिपार्टमेन्टका निर्देशकको संयोजकत्वमा सात सदस्यीय एक उच्चस्तरीय छानबिन उपसमिति गठन गरेको हो । उक्त उपसमितिले आफ्नो काम शुुरु गरिसकेको खड्काले जानकारी दिइन् । निगमको आरए-४०२ बैंकक काठमाडौं नियमित उडानमा रहेको न्यारोबडी (९ एन-एकेडब्ल्यू) विमान १ अप्रिल २०२२ मा बैंककको सुवणर्भूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको पांग्रामा प्राविधिक समस्या देखिएको थियो । त्यस लगत्तै विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक चेकजाँच गरिएको थियो । सो क्रममा थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको ०४ वटै पांग्रा फेर्नुपर्ने सुझाव दिएअनुसार फेर्नुपर्ने आवश्यक पांग्राहरु कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को फ्लाइटबाट पठाई ०३ अप्रिलको बिहान बैंकक पुर्‍याएर उक्त विमानको मर्मत गरिएको निगमले जनाएको छ । रद्द गरिएको उक्त उडानका १४१ यात्रुहरुलाई निगमको नियमित उडानबाट ४ अप्रिल २०२२ मा काठमाडौं ल्याइ सकिएको छ । मर्मत सम्पन्न भएको उक्त ९एन-एकेडब्ल्यू विमान निगमको नियमित उडानको रुपमा ६ अप्रिलमा काठमाडौं अवतरण गरिसकेको निगमको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२०
प्रतिक्रिया दिनुहोस्