सुन तोलाको ५०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ— सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीवार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
सुन बुधवार प्रतितोला ९८ हजार रुपैयाँ थियो ।
बिहीवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३४५ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बिहीवार सुन प्रतिऔंस १ हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:२३
प्रतिक्रिया दिनुहोस्