Nic Ad Nic Ad
Nic Ad Nic Ad

सात अर्ब ३३ करोड खुद नाफामा नेपाल टेलिकम

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाल टेलिकमले सात अर्ब ३३ करोड खुद मुनाफा कमाएको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले कम्पनीले सात अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको जानकारी गराएका हुन् ।

उनले कोभिड-१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे । अध्यक्ष अर्यालले भने, ‘अन्तर्राष्ट्रिय तथा अन्तर्देशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कुल राजस्व र खुद नाफा ४२ अर्ब २१ करोड र ७ अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड १९ को कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

टेलिकमले शेयर धनीहरुलाई २० प्रतिशत बोनस शेयर उपलब्ध पनि गराउने भएको छ । शेयर धनीहरुको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम संचालक समितिका अध्यक्ष अर्यालको भनाइ छ ।

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताएक छन् । अनलाइन पेमेन्ट गर्ने सरकारको कार्यक्रमअनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२३
प्रतिक्रिया दिनुहोस्