Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य मन्त्रालयले ल्यायो नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणको लागि पञ्चवर्षीय योजना

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा बहुपक्षीय समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखेका हुन्। मन्त्री खतिवडाले राज्यका सबै नीतिको मूल प्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरमा प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको धारणा पनि राखे । उनले यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वास्थ्य बनाइने जिकिर गरे । नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पाँच वर्षीय (२०७८–८२) योजना ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्