बिपुल क्षेत्रीले गुवाहाटीको रोङ्गली महोत्सवमा प्रस्तुती दिने
गुवाहाटीः सिन्डिकेट गायक बिपुल क्षेत्रीले गुवाहाटीमा आयोजना हुने रोङ्गली महोत्सवमा प्रस्तुती दिने भएका छन् ।
गुवाहाटीको पहाडी क्षेत्रमा गायकले अहिले भारतको उत्तरपूर्वी क्षेत्रमा पनि आफ्नो प्रभुत्व जमाउन थालेका छन् । त्यसो त पहाडी क्षेत्रका गायकलाई सुन्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।
आसामी संगीत क्षेत्रका सष्ट्रा जुबीन गर्गले शुक्रवार महोत्सवलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कन्नड लोक गायक रघु दीक्षितले समापन रातमा प्रस्तुति दिनेछन् भने विपुल क्षेत्री र द ट्राभलिङ ब्याण्डले शनिबार राती प्रस्तुती दिने कार्यक्रम रहेको छ ।
रोङ्गली असमका समुदायहरू र तिनीहरूको संस्कृति, साहित्य, फेसन, खाना, संगीत र समुदायहरूलाई जोड्ने र जराहरू साकार गर्ने जीवन शैलीको संगम हो।
महोत्सवका आयोजक प्रमुख श्यामकनु महन्ताले आफ्नो आधिकारिक फेसबुक पेजबाट सबैलाई महोत्सवमा उपस्थितको लागी आह्वान गरेका छन् । महन्ताले रोङ्गली असम समुदायको संगमको उत्सव हो र हाम्रो आसामी समाजको गठन गर्ने महोत्सवमा नेपाली भाषी गोर्खा समुदायका विश्वव्यापी कलाकारका रूपमा विपुल क्षेत्रीलाई आमन्त्रित गरिएको छ।
विपुल क्षेत्रीले आफ्नो ब्यान्डसँग यसअघि नयाँ दिल्लीको प्रतिष्ठित नर्थ ईस्ट फेस्टिभलमा प्रदर्शन गरिसकेको थिए ।
यस संस्करणको ३ दिने महोत्सव अप्रिल ८ देखि १० तारिख सम्म गुवाहाटीमा आयोजना हुँदैछ । । उक्त महोत्सवमा जातीय खाना, फेसन, संगीत, कला, साहित्य, परम्परा र आधुनिक तथा असमका समुदायहरूको जीवन शैली देखाउने लक्ष्य राखेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५८
प्रतिक्रिया दिनुहोस्