यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ २४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८४ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ५३ पैसा र बिक्री दर १५९ रुपैयाँ ३२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३२ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२१ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रीदर ३२३ रुपैयाँ १८ पैसा रहेको छ भने कुवेती दिनारको एकको खरिद दर ३९७ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३९९ रुपैयाँ ८७ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८८ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ।
हेर्नुहोस्, विदेशी विनिमय दरको पूरा विवरण :
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:५६
प्रतिक्रिया दिनुहोस्