Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली शान्ति सैनिक विवादास्पद भूमि अबेई प्रस्थान

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपाली शान्ति सैनिक दक्षिण सुडान र सुडानबीचको विवादास्पद भूमि अबेईतर्फ प्रस्थान गरेका छन् । अबेईका लागि संयुक्त राष्ट्रसंघ अन्तरिम सुरक्षा बलमा तैनाथ हुन श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) पहिलो डफ्फा बिहीबार राति त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रमुख सेनानी सुवेश कायस्थको कमान्डमा ६७ नेपाली शान्ति सैनिक टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएन चार्टर्डको इथियोपियन एयरलाइन्समार्फत मिसन इलाकातर्फ प्रस्थान गरेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकहरूमा विगत ६७ वर्षदेखि नेपाली सैनिक खटिंदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्