Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाडी आयातमा कडाइ गरिएपछि प्रधानमन्त्रीसँग नाडाको छलफल

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - राष्ट्र बैंकले गाडी आयातमा कडाई गरेपछि नाडा अटोमोबाइल एशोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । अटो व्यवसायीहरुले अटो क्षेत्रलाई नै डामाडोल हुने स्थिति आएको भन्दै प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । नाडा अध्यक्ष धुब्र थापासहित उपाध्यक्ष निराकार श्रेष्ठ, महासचिव सुरेन्द्र उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल लगायतले प्रधानमन्त्री देउवासँग गाडीको अयातसम्बन्धी विषयमा छलफल गरेका छन् ।

‘राष्ट्र बैंक तथा सरकारले अटो क्षेत्रलाई नै धराशायी हुने गरी नीति बनाउन लाग्दा प्रधानमन्त्रीसँग छलफल गरेका हौं,’ कोषाध्यक्ष मिलनबाबु मल्लले भने, ‘प्रधानमन्त्री देउवाले व्यवसायीको समस्या थप बुझेर अघि बढ्ने बताउनु भएको छ ।’

मल्लले प्रधानमन्त्री देउवा व्यवसायीको मागप्रति सकारात्मक नै भएको बताए । राष्ट्र बैंकले बैंकहरुलाई अनौपचारिक रुपमा गाडी लगायत विलासी वस्तुको आयात रोक्न आग्रह गरेसँगै व्यवसायी चिन्तित बनेका छन् । व्यवसायीले आगामी हप्ता अर्थमन्त्री र गभर्नरलाई समेत भेट्दै छन् । अटो व्यवसायीले गाडी तथा पार्टस् आयात पूरै बन्द भने भइनसकेको बताएका छन् । बिहीबार मात्रै लक्ष्मी ग्रुपले अटो पार्टसको लागि बैंकबाट एलसी खोलेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५५
प्रतिक्रिया दिनुहोस्