मेगा बैंककी सीईओ खुञ्जेलीले दिइन् पदबाट राजीनामा
काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत ९सीईओ०अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिनै लाग्दा उनले सीईओ पदबाट राजीनामा दिएकी हुन् । उनको कार्यकाल यहि चैत मसान्तमा सकिँदैछ ।
दोस्रो कार्यकाल पनि दोहोरिने इच्छा राख्दै आएकी उनले सञ्चालक समितिले वास्ता नगरेपछि पदबाट राजीनामा दिएकी हुन् । सञ्चालक समितिले दोहोर्याउन नचाहेकै कारण उनलै कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् ।
उनले सञ्चालक समितिसँग विवाद भएका कारण राजीनामा दिएको स्रोतको भनाई छ । उनी २०७४ चैत ३० गते यस बैंकको सीईओ भएकी थिइन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:५७
प्रतिक्रिया दिनुहोस्