Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेश सरकारले बढायो बस, ट्रक र ट्याक्सीको भाडा (सूचीसहित)

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन प्रयोग गर्दा लाग्ने भाडा बढाएको हो । वृद्धि गरिएको भाडादरअनुसार वैशाख १ देखि यात्रुवाहक सवारीसाधनमा ५, १०, १५, २० र २० किलोमिटर भन्दा बढीको यात्रा गर्दा क्रमशः २०, २५, ३०, ३३ र ३८ रुपैयाँ लाग्नेछ । यस्तै ट्याक्सीको भाडा पनि बढाइएको छ । बागमती प्रदेश सरकारले जारी गरेको सूचनाअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीमा सुरु फ्लाग डाउनमा रु. ५० कायम गरिएको छ । यस्तै प्रति दुई सय मिटरको १० रुपैयाँ, प्रतीक्षा शुल्कको विषयमा प्रतिमिनेट २० रुपैया, राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रति दुई सय मिटरको १५ रुपैयाँ भाडा कायम गरिएको छ । हेर्नुस् गाडी भाडादर
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५७
प्रतिक्रिया दिनुहोस्