पाकिस्तानका प्रधानमन्त्री खानले आज संसदमा विश्वासको मत लिँदै
काठमाडौंँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज संसदमा विश्वासको मत लिदैछन् ।
प्रधानमन्त्री खानविरुद्ध विपक्षी गठबन्धनले संसदमा अविश्वासको प्रस्ताव लगेपछि खानले संसद नै विघटन गरेका थिए ।
विपक्षी दलको अविश्वासको प्रस्तावलाई संसदका उपसभामुख कासिम खान सुरीले असंवैधानिक भन्दै खारेज गरिदिएका थिए ।
संसद विघटनविरुद्ध विपक्षी दलहरु त्यहाँको सर्वोच्च अदालत गएका थिए । अदालतले संसद विघटन असंवैधानिक भन्दै पुनस्र्थापना गराइ दिएको थियो ।
संसद पुनस्र्थापनापछि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहेका खानले आज संसदबाट विश्वासको मत लिन लागेका हुन् । अदालतले आज राति १० बजेभित्र विश्वासको मत लिन आदेश दिएको छ ।
संसद भवनमा विपक्षी दलका सबै सांसदहरु पुगिसकेको तर प्रधानमन्त्री खानको पार्टी पीटीआईका कोही पनि सांसद अहिलेसम्म नपुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, खानकै पार्टीका बागी सांसदहरु भने संसद भवनमा पुगिसकेको बताइएको छ ।
खानको पार्टीका सांसदहरुले गहिरिँदो संकट टार्न विभिन्न उपाय खोजी रहेको जनाइएको छ । सत्ता जोगाउन उनीहरुले विभिन्न विकल्पको अवलम्बन गर्न सक्ने अनुमान गरिएको छ । यद्यपि, ती विकल्प सफल हुनेमा भने शंका छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:१२
प्रतिक्रिया दिनुहोस्