गानो गएमा के गर्ने ?
क) खाना खाएपछि २–३ ओटा लसुनका केस्रा र ६–७ दाना किसमिस चबाएर पानीले निल्ने ।
ख) १ चम्चा बेसार मोहीसित दिनको तीनपटक खाने ।
ग) ज्वानो, विरेनुन र जीरा समभाग पिसेर २ तोला जति मही वा तातोपानीसित दिनको ३ पटक खाने ।
घ) बत्ती बालेर नाभीमा राखेर अम्खोराले छोप्ने ।
ङ) आँपको बोक्राको रस तीन चम्चा बिहान खोलीपेटमा खाने ।
च) खानासित २–३ टुक्रा प्याज खाने । चिल्लो, तारेको, भुटेको चिज नखाने ।
छ) ४,५ केस्रा लसुन थिचेर एक गिलास पानीमा राख्ने र बिहान खाली पेटमा एक महिना खाने ।
साभार: ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३८
प्रतिक्रिया दिनुहोस्